एकदिवसीय क्रिकेट : दक्षिण अफ्रिकाद्वारा श्रीलंका ११३ रनले पराजित

एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । 

पाहुना टोली श्रीलंकाविरुद्धको खेलमा दक्षिण अफ्रिका १ सय १३ रनको फराकिलो अन्तरले विजयी भएको हो । २ सय ५१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको श्रीलंकाको पारी ३२ दशमलब ३ ओभरमा मात्र १ सय ३८ रनमा समेटिएको थियो ।

श्रीलंकाको लागि ओशाडा फर्नान्डोले ३१ रन,  कुशल मेन्डिसले २४ रन तथा थिसरा परेराले २३ रन बनाए ।  श्रीलंकाको पारी ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका कागीसो राबडाले ३ विकेट हात पारे । त्यस्तै लुंगी नेग्दि, एन्रिच नोर्त्जे र इमरान ताहिरले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिकाल ४५ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५० रनको योगफल तयार पारेको थियो । दक्षिण अफ्रिकाका लागि क्विनटन डी ककले ९४ रनको योगदान दिए ।

त्यस्तै कप्तान फाप डु प्लेसिसले ५७ रन तथा रिजा हेनड्रिक्सले २९ रन बनाए । 

श्रीलंकाका थिसरा परेराले ३ तथा धनन्जय डी सिल्भा र लाथिस मालिंगाले समान २-२ विकेट लिए । यो जितपछि दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २-० को अग्रता लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?