विप्लव नेताहरुको घरमा प्रहरी ‘सर्च अपरेसन’, विप्लवका भतिज चन्दको घरमा पुग्यो प्रहरी

कपिलवस्तु । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घरमा प्रहरीले सर्च अपरेसन चलाएको छ । 

शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीवार बिहानै प्रहरी टोली पुगेको थियो । 

चन्दको घरमा प्रहरीले खानतलासी गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिएका थिए । सो क्रममा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।

चन्दको घरबाट प्रहरी एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए । 

ययसैगरी प्रहरीले आजै बिहान विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा मारेको छ ।

अवैध हातहतियार राखेको विषेश सूचनाका आधारमा प्रहरीले रोकाको घरमा घेरा हालेपछि भाग्न खोज्दा प्रहरीले रोकामाथि गोली चलाइएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका रोकाको लुम्बिनी अञ्चल अस्पलात, बुटवलमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको छ । 

उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?