ढुक्क हुनुहोस् ,हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दामा धोका हुन्नस् : कमल थापा

कृष्णनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कुनै हालतमा छाड्न नसकिने स्पष्ट पारेका छन् ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौ दिन कपिलवस्तुको कृष्णनगरमा आज बिहान सम्बोधन गर्दै अध्यक्ष थापाले सिद्धान्त र आदर्शको राजनीतिलाई उच्च प्राथमिकतामा राख्दै आगामी राजनिती अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा व्याप्त भ्रस्टाचार र बेथिति प्रती थापाले तीखो प्रहार गर्दै भने ‘मुलुकमा ब्रम्हलुट छ, यसको अन्त्यको लागि जनता जाग्नुपर्छ’ ।

मधेशी जनताको हक हित र समृद्धि तर्फ भन्दा पनि भोटको राजनिति मात्र हुनु दुःखद् भन्दै थापाले राष्ट्रिय एकता र अखण्डताको निमित्त मधेशी जनताले सिमामा बसेर खेलेको भुमिकाको उच्च प्रशंसा गरे । ०६२–६३ को आन्दोलनको त्रुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो ।

आज कृष्णनगरबाट विभिन्न स्थानमा साना ठूलो सभा गर्दै यात्रा सुर्खेत पुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?