नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्ने

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले ३० औँ बार्षिक साधारण सभा गर्ने भएको छ । 

इन्स्योरेन्सको बुधवार बसेको सञ्चालक समितीको बैंठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३ दशमलव ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने घोषणा पनि गरेको छ । 
यसअघि इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर निष्काशन समेत गरेको थियो । 

हकप्रद शेयरपछि हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ। यसै पूँजीमा अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिदाँ कम्पनीको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ हुनेछ । 

साथै कम्पनीले कर प्रयोजनार्थ एक करोड ८८ लाख रुपैयाँ नगद लाभांसको घोषणा  पनि गरेको छ। कम्पनीले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी बढेसँगै आफ्नो नियमावलीमा अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पर्याउने विशेष प्रस्ताव गरेको छ।

कम्पनीको संस्थापक शेयरधनीहरुमा नेपालीहरुको ५२ दशमलव ८५ प्रतिशत रहेको छ भने विदेशीको २ दशमलव १५ प्रतिशत रहेको छ। कम्पनीको आगामी चैत १५ गते वार्षिक साधारण सभा बस्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?