वाणिज्य बैंकहरुको समस्या जहाँको त्यहि, निक्षेप घटे पनि कर्जा विस्तार रोकिएन

काठमाडौं । ऋण लगानीमा वाणिज्य बैंकहरु नसुध्रिएको तथ्यांकले देखाएको छ। 

तरलता अभावले समस्या परेपनि बैंकहरुले ऋण बिस्तारको गतिलाई भने कम गरेका छैनन्। गत साता मात्र बैंकहरुले पाँच अर्बले निक्षेप बढाएको थियो । त्यस्तै त्यति नै ऋण लगानी पनि गरेको थियो ।

गत पुसमा २८ वाणिज्य बैंकहरुको कर्जा ‘पूँजी’ निक्षेप अनुपात ‘सिसिडी रेसियो’ ८१ दशमलब १९ प्रतिशत पुगेको थियो। त्यसयता २० अर्ब निक्षेप बढेको छ भने ३० अर्ब रुपैयाँ ऋण लगानी बिस्तार भएको छ। 

पुस मसान्तसम्म बैंकहरुले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै २३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। 

सिसिडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा पार गर्दै गर्दा विकास बैंक र फाइनान्स कम्पनी संघारमा पुगेका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरु ७८ दशमलब ३८ प्रतिशतमा पुगेका छन् भने फाइनान्स कम्पनी ७९ दशमलब ७३ प्रतिशतमा पुगेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको औषत सिसिडी रेसियो ८१ दशमलब ०३ प्रतिशत पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?