प्रधानमन्त्री चढेको विमान किन आकाशमा ‘होल्ड’ गरियो ?

काठमाडौं । प्रधानमन्त्री ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा ‘होल्ड’ भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्ने भएको छ । 

मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति समेत गठन गरेको छ । 

मंगलवार झापाबाट काठमाडौं फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको यति एयरलाइन्सको विमान अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाएको थियो । 

मन्त्रालयल स्रोतले भन्यो, ‘यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो, अब यसबारे छानविन हुन्छ ।’

‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ, सुरक्षा र समयका हिसाबले पनि यो महत्वपूर्ण हुन्छ, तर प्रधानमन्त्री बिरामी पनि हुनु भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको हो’ मन्त्रालय स्रोतले भन्यो । 

सहसचिव आचार्यका संयजकत्वमा गठित समितिले विमान होल्ड गरेर लापरवाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारवाही गर्न सिफारिस गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?