राष्ट्र बैंकले दश अर्ब वित्तीय बजारमा पठाउने, अन्तर बैंकको ब्याजदरमा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले दश अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने भएको छ । 

राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव झेलिरहेको बेला बैंकहरुको अन्तर बैंक कारोबारको ब्याजदरमा वृद्धि भएसँगै  बढेपछि रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले एक साताको लागि ‘रिपो’ जारी गरेको हो । ‘रिपो’को आगामी बिहीवार ३ बजे बोलकबोल हुनेछ । 

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । फागुन ३० गते परिपक्क हुने यस ‘रिपो’को ब्याजदर न्यूनतम पाँच प्रतिशत तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर बढेर पाँच प्रतिशत नाघेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको हो । 

राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ तरलता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?