काठमाडौंको वसन्तपुरमा रहेको ग्यास स्टोरमा आगलागी, १० वटा सिलिण्डर पड्कीयो

काठमाडौं । काठमाडौंको वसन्तपुरमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको छ । 

वसन्तपुरस्थित याट्खा टोलमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको हो ।

आगलागीबाट स्टोर रहेको चारतले घर पूर्ण रुपमा जलेको छ । 

नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलको सहयोगबाट आगो निभाउने प्रयास भइरहेको छ । 

घटनास्थलमा रहेका सुरक्षाकर्मीका अनुसार आगलागीबाट करिब १० वटा ग्यास सिलिन्डर पड्कीएको छ । 

घटना बारे यकिन तथ्यांक अहिले गर्न नसकिने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?