राष्ट्रपति भण्डारी मनकामनामा, भक्तजन घण्टौ लाइनमा !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा पुगेकी छिन् । 

बिहीबार दिउँसो हेलिकोप्टरबाट पूजा अर्चनाकालागि उनी मनकामना पुगेकी हुन्  । २०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएको छ।

सरकारी सहयोग र भक्तजनबाट उठाइएको चन्दाबाट पुनर्निर्माण गरिएको मनकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ। राष्ट्रपतिबाट मन्दिरमा पूजाअर्चना भइरहँदा भक्तजनले भने बाहिर रोकिएको थियो ।

लाइनमा बसेको धेरै समय हुँदा पनि पूजा गर्न नपाएको गुनासो गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?