नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ अनुसार नेपाली टिमले दुई मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको जनाएको हो । नेपालले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

नेपाली टिमका मुख्य प्रशिक्षक जोहान कालिनको आएसागै एन्फाले दुई मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । मैत्रीपूर्ण खेललाई मध्यनजरमा राख्दै अहिले नेपाली टिमले अभ्यासलाई निरन्तरता दिइ रहेको छ । 

नेपालले कुवेतसँग आगामी मार्च २१ तारिखमा खेल खेल्नेछ । त्यस्तै मार्च २६ तारिखमा मलेसियाविरुद्ध भिड्ने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?