नेपालको नयाँ नक्सा सार्वजनिक, तीन प्रदेशको नाम, चारको नम्बर मात्रै

काठमाडौं । नेपालको संघीय संरचना अनुसारको प्रशासनिक नक्सा सार्वजनिक गरिएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नक्सा सार्वजनिक गरेकी हुन् ।

संघीय संरचना अनुसारको भनिए पनि सात मध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मात्रै नाम नक्सामा समावेश गरिएको छ । बाँकी चार प्रदेशको नम्बर मात्रै छ ।

प्रदेशहरूको नामाकरणमा ढिलाई हुँदा नक्सामा सबै प्रदेशको नाम राख्न नसकिएको मन्त्री अर्यालको भनाई छ । 

मन्त्री अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक भएकाले अब त्यसअनुसार प्रशासनिक, जिल्ला र स्थानीय तहहरूको नक्सा बन्ने बताएकी छिन् । 

सरकारले प्रशासनिक नक्सा तेस्रो पटक सार्वजनिक गरेको हो । यसअघि २०४९ र २०३२ सालमा पनि आधिकारिक रुपमा प्रशासनिक नक्सा सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?