थुनामुक्त भएका सीके राउत को हुन् ? नसोधी प्रमोसन गरेपछि राजीनामा !

काठमाडौं । बिहीवार सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।  जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

को हुन् त सीके राउत ? 

चन्द्रकान्त राउत अर्थात डा. सीके राउत कम्प्युटर वैज्ञानिक, लेखक र राजनीतिक नेता हुन् ।   

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किए ।  

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिए र जापान गए । 

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए ।

युवा ईन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका छन् । 

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक–हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर–आवासीय मधेसी संघका संस्थापक अध्यक्ष पनि हुन् ।  

अमेरिकाबाट फर्किएपछि मधेशलाई नेपालबाट छुट्याएर अलग्गै देश बनाउन उनी लागे । उनी पहिलो पटक सन् २०१४ सेप्टेम्वर १३ गते पक्राउ परेका थिए । सरकारले आफ्नो स्वतन्त्रता र अभिव्यक्तिको अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै सरकार विरुद्ध अनसन पनि बसेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?