तनहुँ हाइड्रोपावरले ग-यो सीएमसीसँगको ठेक्का सम्झौता रद्द

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी कोअपरेटिभा मोरातोरिइ सेमिन्टिस्टा (सीएमसी)सँगको ठेक्का सम्झौता रद्द गरेको छ । 

तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडिट क्षमताको तनहुँ जलविद्यतु आयोजनाको नदी फर्काउने र बाँध निर्माणलगायतको पहिलो चरणका संरचना (हेड र्वक्स)निर्माणको लागि ठेक्का दिएको सीएमसीसँग सम्झौता रद्द गरेको हो । 

तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत असोज १५ गते २० अर्ब ६४ करोड ५२ लाद (प्रोभिजलन समर मूल्य अभिवृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो । तर, तनहुँ हाइड्रोपावर सो खरिद सम्झौता रद्द गरेको छ । 

यसअघि गत माघमा तनहुँ हाइड्रोपावरले ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो । 

त्यसपछि गत फागुन ७ गते सीएमसीलाई ठेक्का तोड्नका लागि सूचना दिएको थियो । तर, सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावरले आज (फागुन २२ गते) ठेक्का सम्झौता रद्द गरिएको जानकारी गराएको छ । 

यसैगरी खरिद सम्झौता रद्द गर्नु पर्ने कारणहरुमा खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत छन् ।

तनहुँ हाइड्रोपावर लिमिटेडले सीएमसीसँग ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानत वापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाखसमेत जफतको लागि दाबी गरेको छ ।

साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?