यस्तो छ, टिकापुर घटनाको फैसला ( पूर्णपाठ )

बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएसँगै कैलाली–१ का सांसद रेशम चौधरीको पद गुम्ने भएको छ।

 संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने प्रावधान राखेकोले जन्मकैदको सजाय सुनाएसँगै चौधरीको पद गुमेको हो ।

त्यस्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ।

चौधरी माथि २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको घटनामा मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो।

अदालतको निर्णय बाहिरीएसँगै सामाजिक सञ्जालमा कतै न्याय  पाएको भन्ने टिप्पणी गरिएको छ भने कतै विधीशासन नभएको भन्दै प्रतिक्रियाहरुहरु  पोस्ट भएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?