धनगढीका फेन्सी सञ्चालक सिंहको अपहरण, परिवारसँग १५ लाख माग

कैलाली । धनगढीका एक व्यापारीको बुधवार राति अपहरण भएको छ । धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो । 

स्रोतका अनुसार भारतीय नम्बरबाट फोन गरी सिंहका परिवारसँग १५ लाख रुपैयाँ माग गरेको बताइएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले भने औपचारिक जानकारी दिएको छैन । तर, प्रहरी परिचालन भने गरिएको छ । 
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?