अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

लोकपथ
112
Shares

काठमाडौं । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरुले राख्नुभएको राय,सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’

उनले आफूहरुले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागि मात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए । 

अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ ।

‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आईरहन्छ गईरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ता खान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को । एजेण्डा सहित त्यसमा अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लाग्ने छौं।’ उनले भने ।

बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?