आठौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोट : महिला फुटबलमा स्याङजालाई स्वर्ण, भलिबलको खेल जारी

कास्की । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तरगत महिला फुटबलमा स्याङजाले स्वर्ण पदक जितेको छ ।

फाइनल खेलमा स्याङजाले कास्कीलाई ४–० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । स्याङजालाई स्वर्ण पदक दिलाउन शोभा पगेनीले ह्याट्रिक पुरा गरिन भने सरस्वती हमालले एक गोल थपिन ।

यता काश्य पदकका लागि भएको खेलमा लमजुङले म्याग्दीलाई आधा दर्जन गोलको वर्षा गरेको छ । लमजुङले म्याग्दीलाई ६–० ले पराजित गर्दा सपना गुरुङले ह्याट्रिक गरिन ।

विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
त्यस्तै भलिबलमा पुरुष र महिलातर्फ क्वाटरफाइनलका समिकरण पुरा भएको छ । सम्पन्न पुरुषतर्फको खेल बाट बागलुङ, नवलपुर, पर्वत र म्याग्दी सेमीफाइनलमा प्रवेश गरेका छन ।

सेमीफाइनल प्रवेशका लागि म्याग्दीले गोर्खालाई सोझो सेटमा पराजित गरेको छ । उसले २५–१६, २५–२३ र २७–२५ ले पराजित गरेको हो । यता पर्वतले स्याङजालाई २५–१७, २१–२५, २५–२० र २५–१७ ले, नवलपुरले कास्कीलाई २५–११, २५–२३, २३–२५ र २६–२४ ले र बागलुङले तनहुँलाई १५–२५, २८–२६, २५–१० र २५–२० ले पराजित गरेका छन ।

यसैगरि महिलातर्फ कास्की, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेका छन ।

 कास्कीले मुस्ताङलाई २५–१४, २५–१५ र २५–१५ ले, पर्वतले तनहुँलाई २५–१७, २५–१८, २४–२६ र २५–१७ ले, म्याग्दीले तनहुँलाई २५–३, २५–१२ र २५–१० र बागलुङले लमजुङलाई २५–१७, २५–१८ र २५–२२ ले पराजित गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?