काठमाडौं । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ।
सूचना पाएलगत्तै सेनासँगको संयुक्त कारबाहीमा दुई जनालाई मारेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक ट्वीटमा भनेको छ, ‘खुफिया विभागबाट प्राप्त जानकारीको आधारमा, पुलिस र सेनाले एक संयुक्त अपरेशन शुरू गर्यो र घुसपैठ गरेका दुई आतंककारीहरूलाई मार्यो। क्षेत्रमा खोजी अभियान अझै जारी छ।’
यस कारबाहीमा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जनाएको छ । तर, प्रहरीले मारिएका अतिवादीहरुको पहिचान भने खुलेको छैन ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया