भैरहवा । प्रदेश ५ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला तथा पुरुष एकलतर्फको दुबै उपाधि बाके जिल्लाका खेलाडीले जितेका छन् ।
भैरहवा ब्याडमिन्टन क्लबको कभर्ड हलमा सम्पन्न फाइनलमा महिला एकलतर्फ बाकेकी सम्झना शर्माले आफनै जिल्लाकी समिक्षा न्यौपानेलाई २–० को सोझो सेटले पराजित गर्दै प्रदेश बिजेता बनेकी हुन् । सेमिफाइनलमा सम्झनाले बाकेकै टिला न्यौपाने तथा समिक्षाले रुपन्देहीकी पूजा बिष्टलाई हराई फाईनल प्रबेश गरेका थिए । टिला र पूजा तृतिय भए ।
यता पुरुष एकलतर्फको फाईनलमा बाकेका इर्फान अन्सारीले रुपन्देहीका गणेश रायमाझीलाई २१-१३, २१-१५ अंकमा २–० सेटले पराजित गर्दै बिजेता बनेका छन् ।
सेमिफाइनलमा इर्फानले रुपन्देहीका बिस्वास नेपाललाई २१-९, २१-१४ अंकले २–० सेटमा र गणेशले बाकेका विलाल वारीसलाई २१-११, २१-१४ अंकमा २–० सेटले नै पराजित गर्दै फाइनलमा प्रबेश गरेका थिए ।
पुरुष एकलमा सेमिफाइनलमा पराजित बिस्वास र विलाल दुबै जना तृतिय भएका थिए ।
प्रतियोगितामा बिजेताहरुलाई रुपन्देही जिल्ला ब्याडमिन्टन संघका बरीष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, जिल्ला खेलकुद बिकाश समिती रुपन्देहीका कार्यालय प्रमुख संगम सिंह थापा, साल्ट ट्रेडिंग कार्यालय लुम्बिनी अञ्चलका काबा प्रमुख धन बहादुर गुरुंग लगायतले पदक, प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै प्रदेश ५ बाट ब्याडमिन्टन खेलाडी छनोट गर्न आयोजना भएको प्रादेशिक प्रतियोगिता सम्पन्न भए संगै ब्याडमिन्टनमा सहभागिता जनाउने महिलातर्फका ५ र पुरुष तर्फका ७ खेलाडी गरी जम्मा १२ जना खेलाडी बुधबारनै छनौट भैसकेकोे रेफ्रि उदय अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया