अन्तर्राष्ट्रिय नारी दिवस: परिवर्तनका लागि अभियान !

अभियानः  'राम्रो सन्तुलन राम्रो संसार'

नाराः ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’

भविष्य रोमाञ्चक छ । महिला र पुरुषको लागि बराबरको संसार बनाउनु आजको आवश्यकता हो ।  

सबैको आ-आफ्नो भूमिका छ-सबै समय र  हरेक ठाउँमा । 

विश्वव्यापी क्रियाकलापको लागि तल्लो तहको सक्रियताबाट विश्व इतिहासको एक रोमाञ्चक अवधिमा प्रवेश गर्दैछ, जहाँ संसारले सन्तुलनको अपेक्षा गरिरहेको छ । विश्वले यसको अनुपस्थिति महशुस गरिरहेको छ । तर,  उपस्थिति मनाउन सबै जना उत्साहित छन् ।

सन्तुलनले संसारलाई उत्कृष्ट काम गर्ने ठाउँ बनाउदै लैजान्छ । 

#BalanceforBetter

सन् २०१९ को #BalanceforBetter अभियान वर्षभरि रहन्छ ।  यो अन्तर्राष्ट्रिय महिला दिवसको दिन समाप्त हुँदैन ।

यो अभियानले विषयवस्तुलाई मार्गदर्शन दिन्छ । एकातिर  दिशा प्रदान गर्दछ भने अर्को तर्फ निरन्तर सामूहिक कार्यलाई माथि बढाउँछ ।  ३द्यबबिलअभायचद्यभततभच प्रवलित र वर्ष भरि नै यसको महत्तव उतिकै रहन्छ ।

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस औपचारिकता मात्र हौइन् यो महिला जागरुकताको दिवस पनि हो ।

समाजका केही अपरिहार्य शक्तिमध्यको एक हो नारी शक्ति । 

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ । उनहरुले गरेको कामको सम्मान गरिन्छ ।

कतिपय महिला दिवसको अभियानहरु केवल नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरु लुकाएर बसिरहेका छन् । त्यसता धेरै उदाहरणहरु सुनिएका, देखिएका र भनिएका छन् । 

पछिल्लो समय नेपालमा महिलाको लागि अवसरहरु फराकिलो बन्दै गएका छन् । राष्ट्रको नेतृत्व महिला भएका कारण पनि समान्ता र समताका कुराहरु धेरै हुने गरेका छन् ।

महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन् कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ ।

संयुक्त राष्ट्र सघंको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थाले पनि शुरुमा दिवस मनाउने खास दिन भने तोकिएको थिएन । फरक–फरक वर्षमा फरक-फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अङ्गेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री विपि कोइरालाको पालादेखि नियमितरुपमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि महिलाको परिचय दयनियमा मात्र सिमित छैन । चुलोचौका अबको महिलाको पर्यायवाची शब्द होइन्  । 

पुरुषभन्दा महिला पछाडि थिए होला तर, आजको दिनमा ति सबै परिर्वतन भएका छन् । केही महिलाको भूमिका  उदाहरणीय छ । इतिहासका अनगिन्त पानाहरुमा महिला नायकहरु लुकाइएका छन् । तर नेपाली महिलाहरु सम्पूर्ण इतिहास नै परिवर्तन गर्न सफल भएका छन् ।  सन् ११९० को दशककोे तुलनामा, देशमा महिलाहरुको अवस्था 'अपग्रेड' भएको छ । 

अब, नेपालमा उदाहरणीय महिलाहरुको कमि छैन, जसले अरुलाई प्रत्साहन गरिरहेका छन् समाजको लागि केही असल गर्न । 

पुष्पा बस्नेत 

सिएनएन हिरो २०१२, पुष्पा बस्नेत एक सामाजिक अभियान्ता हुन् । प्रारम्भिक बाल विकास केन्द्र (भ्ऋम्ऋ) र पुतली घर नामक गैह्रनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापकर अध्यक्ष बस्नेत । उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दछ । कैदमा परेका अभिभावकका छोराछोरीको उद्धारका कारण उनी सिएनएन हिरो २०१२ घोषित भएकी हुन् । केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका सयौं बालबालिका आश्रित छन् ।

अनुराधा कोइराला

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । माइती नेपालले बेचिएका चेलीबेटीको उद्धार गर्ने गरेको छ । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीहरुको उद्धार तथा पुर्नस्थापनामा माइती नेपाल क्रियाशील छ । कोइरालाले  सन् २०१० मा सिएनएन हिरो उपाधी पाएकी छिन् । 

मीरा राई 

नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू हुन् , मीरा राई । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धाति ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पूरा गर्दै उपाधी जित्न सफल भइन् । मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरमा ’साहसी वर्ष व्यक्ति २०१७’ को उपाधी हासिल गरेकी छिन् । 

सुशीला कार्की 


सुशीला कार्की सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश तथा प्रथम महिला प्रधान न्यायाधीश हुन् । कार्की न्यायपालिकामा भ्रष्टाचार विरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन् ।

झमक कुमारी घिमिरे

झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन । प्रति मष्तिस्क रोगद्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकारमध्ये एक हुन । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन । खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन । झमकले कविता राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्विकृत बिचार साहित्य पुरस्कार २०५६,मदन पुरस्कार २०६७, लैनसिंह वाङ्देल पुरस्कार २०७२ सम्मान प्राप्त गरेकी छिन् । जीवन काँडा कि फूल घिमिरेको सवार्धिक रुचाइएको आत्मकथा हो । 

विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुन् । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन् । विद्यादेवी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन् । उनलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले वर्ष २०१६का शक्तिशाली महिलाहरु मध्ये ५२औं स्थानमा सूचिकृत गरेको छ  । 

सपना प्रधान मल्ल 

सपना प्रधान मल्ल सर्वच्च अदालको न्यायाधीश र नेपाली संविधान सभाको सदस्य हुन् । महिला फोरम, कानून र विकासको मल्ल पूर्व अध्यक्ष पनि हुन् । महिला अधिकारको लागि ग्र्युबर पुरस्कारको संयुक्त विजेता हन्, मल्ल । 

प्रियंका कार्की

प्रियंका कार्की एक नेपाली मोडल तथा अभिनेत्री हुन् । प्रियंका महिनावारी स्वच्छता दूतमा नियुक्त भएकी छिन् । आयंका फाउण्डेशन स्थापना गरेर उनी सामाजिक सेवामा लागेकी हुन् । पञ्चकन्या फाउन्डेसनको सहयोगमा आयंका जोडीले हरेक विद्यालयमा दुई वटा शौचालय, फल दिने ९ वटा बोटविरुवा, २ थान डस्टबिन, सय थान ब्याग पनि वितरण गरेका छन् । 

श्रृंखला खतिवडा:

 
श्रृंखला खतिवडा मिस नेपाल २०१८ कि विजेता हुन् । मिस नेपाल खतिवडा मिस वल्र्ड २०१८ प्रतियोगितामा  मल्टिमिडिया र ब्यूटी विथ पर्पज जितिन् । 

हिमानी शाह

हिमानी शाह नेपालकी पूर्व युवराज्ञी हुन् । यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन् । हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न छिन् । 

रञ्जु दर्शना 

रञ्जु दर्शना एक युवा कार्यकर्ता र राजनीतिज्ञ हुन् । चार वर्षदेखि राजनीतिमा सक्रिय दर्शना काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार हुन् ।  दर्शना महाभुक्मपपछि उद्धारमा सक्रिय थिइन् । उनी भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण आन्दोलनमा जवानहरूलाई उत्प्रेरित गर्न विशेष सक्रिय छिन् ।  

अन्तर्राष्ट्रिय महिला दिवस एक सही अवसर हो, उनीहरुले गरेको योगदानको लाग मात्र होइन् तर, ती बाधाहरु जुन विगतका वर्षहरूमा विद्यमान छन् । 

परिवर्तनका लागि ठूला इशाराको श्रृंखलाको आवश्यकता छैन, वास्तवमा, स्थायी सकारात्मक परिवर्तन सानो, स्नोबलिंग हो जसले विसालरुप लिन्छ ।  

अन्तर्राष्ट्रिय महिला दिवस खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैंगिक बिभेद बिरुद्धको आवाज हो, संघर्ष पनि  हो ।

महिला सशक्तिकरणको अभियानलाई विश्वब्यापी रुपमा बलियो पारिदै, महान संकल्प र अठोटको साथ निरन्तर जारि राखिने अन्नतकालिन महायात्रा हो । 

सन्तुलित संसार राम्रो संसार हो । महिलाहरुको उपलब्धि मनाउनुहोस् । पूर्वाग्रह विरुद्ध जागरुकता बढाउनुहोस् । समानताको लागि काम गर्नुहोस् । 

सम्पूर्ण नारीहरुमा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?