युरोपा लिगमा चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको पहिलो लेगको खेलमा विजयी भएको छ । 

बिहीवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा चेल्सीले युक्रेनी क्लब डाइनामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १७ मिनेटमा नै पेड्रो रोड्रिगेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको चेल्सीका लागि ६५ औँ मिनेटमा विलियनले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए । त्यस्तै ९० औँ मिनेटमा कलुम हड्सनले गोल गरे । यो जितपछि चेल्सीले क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । 

त्यस्तै बिहीवार राति नै भएको फ्रयाङकफर्ड र इन्टर मिलानबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । यता सेभिल्लाले स्लाभिया प्राग्वेसँग दुई-दुई गोलको बराबरी खेल्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?