आईसीएमए अस्ट्रेलियाद्वारा नेपाल च्याप्टरका ६६ विद्यार्थी दिक्षित

लोकपथ
91
Shares

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले दिक्षान्त समारोहमा दिक्षित भएका विद्याथीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेको बेला यसले त्यो अभाव परिपूर्ति हुने विश्वास व्यक्त गरे ।

नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएको र व्यवस्थित लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यसमा अब सीएमएहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले दिक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालले थप दक्षता हासिल गरेको बताए। उनले भने,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’

उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवसाय धरासायी हुने भएकोले सीएमएहरुले व्यवसायलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।‘

उनले आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने उल्लेख गरे। उनले राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले शैक्षिक,लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय प्रतिनिधि कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए ।

उनले दिक्षित विद्यार्थीहरुले लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हासिल गरि सकेको भन्दै छोटो अवधिमा यस कोर्षको महत्व बुझि धेरै विद्यार्थी जोडिएको उल्लेख गरे।

उनले भने, ‘हामीले भर्खरै शुरु गरेको कोर्षमा प्राप्त आर्कषण प्रति कृतज्ञता ब्यक्त गर्दर्छौ। आउँदा दिनहरुमा सबैको सहयोगमा संभावित ब्यक्ति तथा ब्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्षमा जोड्ने कोशिस रहने छ।’

No description available.

उनले नेपालमै आईसीएमए अस्ट्रेलियाद्वारा सञ्चालित सीएमए कोर्ष अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेश अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। कार्यक्रममा अस्ट्रेलियाबाट भर्चुवल रुपमा विदेशी वक्ताहरुले समेत सीएमएको बारेमा धारणा राखेका थिए। त्यस्तै दिक्षीत भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन सहयोग गरेको धारणा राखे।

दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो । कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?