रौतहट । रौतहटमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । रौतहटमा तीनदिनयता भएको बलात्कारको यो दोस्रो घटना हो ।
जुगरा नगरपालिका २ स्थित जंगलसैया साझेदारी वन क्षेत्रमा बिहीवार दिउँसो १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हो । बालिका कराएपछि गस्तीमा रहेका वन कर्मचारीले देखेका थिए ।
घटनामा संलग्न तीनजना युवक फरार छन् ।
वन कर्मचारीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका प्रहरी निरीक्षक सन्तोष पाठक र प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक गोविन्द यादवसहितको टोली पुगेर किशोरीलाई उद्धार गरेको थियो ।
घटनास्थलबाट प्रहरीले ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । बलात्कारमा संलग्न रहेका युवाहरुको पाइन्ट, सर्ट, गन्जीय, कट्टुक, टाउजर र चप्पलका साथै कण्डम समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । उनको अवस्था समान्य छ ।
यसैगरी घटनामा संलग्नको पहिचान भइसकेका कारण उनीहरु चाँडै पक्राउ हुने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया