काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यमीलाई मध्यनजरमा राख्दै नयाँ ऋण योजना ल्याएको छ।
बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै नयाँ ऋण योजना ल्याएको जनाएको छ । बैंकले युकेएड सक्षससँगको सहकार्यमा ऋण बिस्तार योजना ल्याएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र सक्षमका टोली प्रमुख निर्मल दाहालले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो सहमतिसँगै बैंकले ‘नबिल सजिलो कर्जा’ योजना पनि शुरु गरेको छ ।
अब चार करोडसम्म ब्यापारको आकार भएको तथा एक करोड ५० लाखसम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमीले ऋण सहजै रुपमा पाउने भएका छन् । बैंकको ब्याजदर साढे १० प्रतिशत रहेको छ ।
‘नबिल सजिलो कर्जा’ योजना अन्तर्गत ऋण लिने ग्राहकलाई बैंकले निशुल्क क्रेडिट कार्ड जारी गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया