एजेन्सी । अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदैं आएको भिषा नीतिमा परिवर्तन गरेको छ ।
अब अमेरिकाले पाकिस्तानलाई दिने भिषाको अवधि मात्र ३ महिनाको रहेको छ । यसअघि अमेरिकाले पाकिस्तानलाई पाँच वर्षको भिषा दिदै आइरहेको थियो । यो परिवर्तनसँगै अब अमेरिकाले भिषाको शुल्य पनि बढाएको छ । यसअघि भिषाको शुल्क एक सय ६० डलर थियो । तर, अब भिषाको शुल्क एक सय ९० डलर पु-याइएको छ ।
पाकिस्तानी नागरिकका अलावा त्यहाँका पत्रकारका लागि समेत भिसा अवधि घटाएर ३ महिनाको बनाइएको छ । अमेरिकाले कयौँ श्रेणीमा भिसा नीतिमा परिवर्तन गरेको छ ।
पाकिस्तानबाट कामको सिलसिलामा र धर्म प्रचारकका लागि जाने मानिसहरुलाई भने ५ वर्षको सट्टा एक वर्षको मात्र भिसा पाउने भएको छ । व्यापार, पर्यटनका लागि जाने मानिसहरु र विद्यार्थीहरुका लागि भिसा अवधि ५ वर्ष नै कायम राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया