काठमाडौं । १ सय ९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला राष्ट्रिय टिमकी पूर्व कप्तान जमुना गुरुङ सम्मानित भएकी छिन् ।
अखिल नेपाल फुटबल संघले पूर्व फुटबलर जमुना गुरुङ र फिफा एसिस्टेन्ट रेफ्रि बिना श्रेष्ठलाई सम्मान गरेको हो । महिला फुटबलमा टिममा पु-याएको योगदानको कदर गर्दै जमुनालाई ‘एन्फा’ सम्मान गरेको हो ।
उनीले सन् १९९९ देखि फुटबल खेल जीवन शुरु गरेकी थिइन । सन् २०१२ को साफ च्याम्पियनसिप पछि उनस्ले सक्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन । गुरुङले राष्ट्रिय टिममा २५ गोल गरेकी थिइन ।
सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय टिमको कप्तानी रहेको जुमना हाल यू–१९ महिला टिमको ब्यवस्थापक सम्हालिरहेकी छिन् । त्यस्तै फिफा एसिस्टेन्ट विना पनि सन् २००७ देखि राष्ट्रिय स्तरमा रेफ्रिको भुमिकामा सक्रिय छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया