सीके राउतले भने, ‘हामीलाई राजनीतिक स्पेस प्रदान गर्नुभएकोमा केपी ओलीलाई धन्यवाद’

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले आफूहरुलाई राजनीतिक स्पेश प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । 

राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले  ०६९ जेठ ८ गते पत्रकार सम्मेलन गरेर आफूले  स्वराज आन्दोलनको घोषणा गरेको स्मरण गर्दै आफूले सँधै शान्तिपूर्ण आन्दोलनमा होमिएको बताए । 

उनले आफूहरुको आन्दोलनको कदर गरेकोमा विगतमा प्रधानमन्त्री र ओली सबैलाई धन्यवाद दिए । 

कुनै बेला आफूहरुको आन्दोलन कुनै पनि बmो विस्फोट हुने डर थियो भन्दै त्यो आफूहरुले संयमता अपनाृउनदा यस्तो हुन नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?