भक्तपुर, ९ कात्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग ताममेल नगर्ने बताएका छन् नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको समयमा बिजुक्छेले आज भक्तपुरका सञ्चारकर्मीलाई आफ्नो पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताए ‘थ्रेस होल्ड’को आलोचना गर्दै उनले यसको नेमिकपाले प्रतिरोध गर्ने भनाई राखे । जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै उनले भने , “नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया