प्रधानमन्त्रीको अगाडी भाषण गर्दै  यसो भने सीके राउतले

काठमाडौं । सरकार र र स्वतन्त्र मधेश गठबन्धनका संयोजक  सीके राउतबीच ११ बुँदे सहमति भएको छ । सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सीकेले छुट्टै मधेसको अभियान छाड्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा 'बादल' र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे ।

सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने, घाइतेको उपचार सरकारले गर्ने, मृतक एकजनाको परिवारलाई सरकारले उचित क्षतिपूर्ति र रोजगारी दिने लगायत उल्लेख छ।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले केहिबेर मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा उनले भने, 'हामी बुद्धका सन्तान हौं ।  हिंसात्मक आन्दोलन गर्न सजिलो छ । आफैं पिटाइ खाएर बस्न चाहिँ गाह्रो हुन्छ । हामीलाई जति दमन गरेपनि हामी हिंसात्मक भएनौं । शान्तिपूर्ण रुपमै अवतरण हुँदैछौं । सबै धन्यवादका पत्र हुनुहुन्छ । साथै उनले यो सहमतिले सरकार र जनता सबैको जित भएको बताए । उनले थपे राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभूतालाई स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेश प्रदान गर्नुुभएको छ । जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जनताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु । हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन ।'

 उनले सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक सहमतीको संज्ञा दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?