बुधबार १९ मङ्सिर, २०७५ Monday, 27 May, 2019

सन्दर्भ : नारी दिवस, न्याय नपाएका यी नारी

केही शताव्दी अगाडि समाजमा महिलाहरु पुरुषभन्दा कमजोर मानिन्थे । यद्यपि, महिलाहरुले समान अधिकारका लागि संघर्ष गरे ।  विश्वव्यापी रुपमा समाजमा र घरमा पनि । तर आज विश्व परिवेशलाई नियाल्ने हो भने पनि केहि देशको मुख्य नेतृत्व माहिलाहरुले गरिहेका छन् । असल र उदाहरणीय ढङ्गबाट ।

दैनिक जीवनमा आईपरेका बाधाहरुलाई तोड्दै आफूलाई  सशक्त पारिरहेका छन् समाजले उनीहरुलाई दिएको परिचय भन्दा धेरै उत्कृट कामहरु गर्न उनीहरु सफल छन् । 


ADVERTISEMENT

महिला र पुरुषको समानताको लागि जति आवाजहरु उठे उत्तिकै संघर्षका आवाजहरु समताका लागि पनि आए ।

नेपालको सन्दर्भमा महिला आफ्नो सुरक्षाको प्रत्याभूतिका लागि माईतिघर मण्डलामा प्रदर्शनमा उत्रिन्छन् । आवाजहरु माईतिघर अझैपनि गुिन्जन्छन् । चर्को आवाज जनताबाट उठेपनी सरकारको ढिलाई स्थिर छ ।  टक्क रोकिएको छ । 

महिला हिंसाको अन्त्य, सुरक्षा र न्यायका आवाजहरु एउटै हुन् ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज २ सय २३ पुग्दा पनि ति बालिकाले  न्याय पाएकी छैनन् । बलात्कारपछि हत्या कसले गर्यो अत्तोपत्तो छैन ।  
बालिका पन्तको हत्यारा को हो रु चौतर्फी गुन्जिएको यो प्रश्नको दुई सय २३ दिनदेखि अनुत्तरित छ ।

खोई अपराधी ? खोई कारवाही ? अहिलेसम्म यसको जवाफ खोजी हुँदैछमा मात्र सिमित छ । 

गत साउन १० गते निर्मला पढ्नको लागि साथीको घर गइन् । उनी त्यस दिन घर आइनन् । भोली पल्ट उनको शरीर मृत अवस्थामा उखु बारीमा फेला पर्यो । निर्मलाको न्यायको लगि महेन्द्रनगरमा कफ्र्यु र आन्दोलनहरु भए, मुख्य अभियुक्त भनेर एक युवकलाई पक्राउ गरेर सार्वजनिक गरियोपछि होइन भन्दै रिहा पनि, एसपी डिल्लीराज विष्टलाई बर्खास्त गरेर छानविनका समिति गठन भयो तर उपलब्धी ‘जेरो’  ।

यतिमा नै प्रश्न रोकिएन् । सुरक्षा दिन नसकेको भन्दै सरकारमाथि प्रश्न तेरसियो । सदनमा चर्को आवाजहरु उठे, आरोप प्रत्यरोप लगाइए, महिला अधिकारकर्मीहरुको आफ्नै छुट्टै अडान थियो ।स्वास्थ्य नै बिग्रनेगरि निर्मलाका बुबाआमा धर्ना बसे, परिणाम सतहमा देखिएन । 

छोरी गुमाएको पिडालाई एकातर्फ राखेर श्रीमानको उपचारको लाति दुर्गा देवि पन्त काठमाडौं आइन् । उनलाई आश्वासनको कुनै कमि भएन् । राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री, नेता, कार्यकर्ता, अधिकारकर्मी, प्रहरी प्रशासन सबै निर्मलालाई न्याय दिनको लागि प्रतिब्ध थिए । तर ति आजको दिनामा शब्दमा मात्र सिमित भएको देखिन्छ । न्यायको आशामा उनी छैनन् अब । 

न्यायको लागि उनले सात महिना सम्म सबैको ढोका ढक्ढकाइन् । तर न प्रहरीले अपराधी सार्वजनिक गर्न सक्यो न राजीनिक पार्टीहरुले गरेका प्रतिवद्धता पूरा नै भए । दुर्गादेवीलाई न्यायको आशा त छैन उनी प्रतिक्षा गर्न बाध्य छिन् ।   

न्यायको लागि धेरै वर्षदेखि संघर्ष गरेकी अर्की पात्र हुन् गंगामाया अधिकारी । छोराको हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग उनको छ ।  २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या गरिएका कृष्णको हत्याको जिम्मा तत्कालीन माओवादीले नै लिएका थिए ।  

पछिल्लो पटक २०७० कात्तिक ७ गतेदेखि वीर अस्पताल आएर गंगामायार नन्दप्रसाद अधिकारीले अनशन शुरु गरेका थिए ।   छोराका हत्यारालाई कारवाहीको माग गर्दै तीन सय ३० दिनदेखि आमरण अनशनपछि नन्दप्रसाद अधिकारीको  निधन भयो । 

छोराको न्यायको लागि गंगामाया एक्लै संघर्ष गरिरहेकी छिन् । 

घर परिवारबाट हुने हिंसा र त्यसको कानूनी उपचार नपाउँदा महिलाहरु आज पनि आत्महत्या रोज्न वाध्य छन् ।

एकातिर पितृसत्तात्मक समाजमा महिलाहरु जन्मैदेखि लैंगिक विभेदको सिकार बनिरहेका महिलाहरु समाजका एउटा कमजोर, दलित र गरिब महिला लाई बोक्सी बनाउने , दाईजोको नाममा होस् या अन्तरजातीय विवाहको नाममा होस महिलाकै हत्या, अपहरण, बेचविखन कुटपीटसम्म गर्ने, दैनिक घरव्यवहारमा भेदभाव गर्ने, अन्ध विश्वास, पुरातन संस्कार एवं परम्परा विवेक पूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा छ ।

अर्को तिर नेपालमा महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको धेरै दशक पार भए ठूला–ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु भए ।

बालिका निर्मला पन्तको हत्याराको पत्ता लागेको छैन, दुर्गादेवि पन्तको आँशु रोकिएका छैनन् भने गंगामायाको एक्लो संघर्ष जारी छ । यसमा नारी दिवसको अर्थ, महत्व के होला ? यसले हिंसाका कारण पीडित भएका, न्याय नपाएका नारीमा कस्तो परिवर्तन आउला ? यी सबै कुराले के महत्व राख्ला ?

Leave a comment