काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीलाई लुटेरा नाम राख्न आग्रह गरेका छन् ।
राजनीतिक सहमती घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवले सञ्चालन गर्ने नेकपाका नाममा लुटपाट हत्या हिंसा धाक धम्कि भएको भन्दै नेकपाको नाम हटाएर लुटेरा राख्न आग्रह गरेका हुन् ।
माओवादीले हाल गरिरहेको काम जनताको पक्षमा नभएको भन्दै उनले नेकपा भन्ने बर्को फ्याक्न भनेका हुन् । जनतालाई दुख दिने, हत्या हिंसा लुटपाट मच्याएको समूहको बन्दुक, गोलीसमतेको तथा खानतलासी गरेकोको विप्लव समूहले आपत्ति जनाएको सन्दर्भ लक्षित गर्दै उनले थपे, मान्छे लुटेर हिड्ने, हत्या गर्ने, विष्फोट गर्ने, अत्याचार गर्ने समूहले कम्युनिष्ट पार्टिको नाम लिन बन्द गरेर लुटेरा समूह वा प्रकाण्ड समूह राख्न अनुरोध गरे । भाषणको अन्तिममा उनले तराईमा सीके राउतको नाममा सेकिएका रोटी काँचै पल्टिने भयो भन्दै व्यंग्य गरे ।
यसैगरी राजधानीको राष्ट्रियसभागृहमा आयोजीत कार्यक्रममा सरकारको तर्फबाट गृहकमन्त्री रामबहादुर थापा ‘बादल’ र सीके राउतले ११ बुँदे समहति पत्रका हस्ताक्षर गरेका छन् । यस क्रममा प्रधानमन्त्री ओलीले सीके राउतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले सीके राउतको निर्णय क्षमता असाधरण रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया