रेशम प्रकरणमा राजपालाई ओलीले दिए उखानबाटै जवाफ, ‘खिसियानी बिल्ली खंभा नोचे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम प्रकरणमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई जवाफ दिँदै बिरालो रिसायो भने मान्छेलाई चिर्थोन नसकेर थाममा चिथोरेर आक्रोश नियन्त्रण गरे जस्तै राजपाका नेताहरुले गरेको टिप्पणी गरेका छन् । 

शुक्रवार राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारविरुद्ध अभियोगपत्र तयार गरेर समर्थन फिर्ता लिएको विषय प्रति लक्षित गर्दै हिन्दीमा एउटा उखान सुनाए ‘खिसियानी बिल्ली खंभा नोचे’ यसको अर्थ हुन्छ ‘रिसाएको बिरालोले थाम चिर्थोछ ।’ 

रेशम चौधरीलाई अदालतले टिकापुर घटनाको दोषि ठहर गर्दै बुधवार जन्मकैदको सजाय सुनाएपछि राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णयमा प्रधानमन्त्री ओलीले भने, ‘अदालत राज्यको अंग हो । तर, सरकारको अंग होइन ।’

‘सरकारले अदालतलाई आदेश दिन सक्दैन, घटनाआदि इत्यादिलाई लिएर कानून सम्वत् हेर्ने हो, एउटा राजनीतिक पार्टीले तिलको दाना, तोरी मकैको दाता टिपेको छ, उनले भने, ‘सरकारविरुद्ध अभियोगपत्र तयार गरेर समर्थन फिर्ता लियो, बिरालो रिसायो भने मान्छेलाई चिथोर्न सक्दैन खाँबोतिर चिथोर्छ, अदालतको निर्णयमा सरकारलाई चिथोर्छ, आवेश र उत्तेजनाको राजनीति नगरौं, असमझदारी बढाउनतिर नजाऔं आरोप प्रत्यारोपतिर नजाऔं, यो समय देश निर्माणको हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?