दक्षिण कोरियामा सात मन्त्री फेरबदल

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गरेका छन् ।  

उनले शुक्रवार सात जना नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । 

अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उनले आफ्नो ५ बर्षे कार्यकालको मध्यतिर मन्त्रीहरु फेरबदल गरेका हुन् ।  

सन् २०१७ को मे देखि सुरु भएको आफ्नो कार्यकाल अन्तर्गत अहिले नै सबैभन्दा धेरै फेरबदल भएको अधिकारीहरुले बताएका छन् । 

यसअघि उनले गत वर्षको अगस्टमा पाँच जना मन्त्री परिवर्तन गर्नु भएको थियो भने नयाँ अर्थमन्त्री गत नोभेम्बरमा नियुक्त भएका थिए । 

नियुक्त भएका मन्त्रीहरुले कार्यभार सम्हाल्नुअघि संसदीय सुनुवाई हुनुपर्ने दक्षिण कोरियाको कानूनी व्यवस्था रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?