बिनोद र सम्पदाको ‘‘सिन्दुर’’

काठमाडौं । बिनोद न्यौपाने र सम्पदा बाँनियाद्वारा अभिनित भिडियो ‘सिन्दूर’ सार्वजनिक  भएको छ । २०७२ वैशाख १२ गते गएको महाभूकम्पबाट आफ्नो श्रीमान गुमाएका श्रीमतीलाई समर्पित गर्दै गायिका मेलिना राईले बजारमा ल्याएकी हुन् । 

यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत शैरे सुरेशको रहेको छ । सुदिप सागरको एरेन्जमेन्ट रहेको सो गीतलाई उत्सव दाहाले खिचेका हुन् । विकास दाहालले सम्पादन र युवराज वाइबाको निर्देशनमा ‘सिन्दूर’ तयार परिएको हो । 

सार्वजनिक भएको छोटो समयमा नै १ लाख बढी दर्शकको साथ गीतले पाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?