काठमाडौं । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित ८४ वर्षीय खातीको गए राति निधन भएको हो ।
सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् ।
उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् ।
अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गरेकी छन् । सङ्गीतकार एवम् गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उनले गीत गाएकी छन् । उनले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया