मिति : २०८० भदौ ०७ गते ।
स्थान : उच्च अदालत, पाटन परिसर ।
समय : दिनको ११ः३० बजे ।
गत भदौ ७ गते बिहीबार उच्च अदालत पाटनको बाहिर रहेको सरकारी वकिलको कार्यालयको पार्किङस्थलमा एउटा स्कुटर रोकियो । स्कुटरबाट जिन्सको पाइण्ट लगाएकी एक युवती ओर्लिइन् । विनसिटर, सल र हेलमेट स्कुटरको डिकीभित्र राखिन् । अनि त्यहाँबाट उच्च सरकारी वकिलको कार्यालयमा प्रवेश गरिन् । केही समय उच्च सरकारी वकिल कार्यालयमा बसेपछि त्यहाँबाट सरकारी वकिलकै पोसाक लगाएका तीन व्यक्ति र केही निजी महिला वकिलसँगै ती युवती पनि ओर्लिइन् ।
सरकारी वकिल कार्यालयबाट उच्च अदालत प्रवेश गर्दा सब ठीकठाक देखिएकी ती युवती त्यसपछि इजलास नम्बर १३ मा पुगिन् । अघिसम्म त्यहाँ सब ठीकठाक भएकी ती युवती इजलासमा पुगेपछि भने ‘सिकिस्त’ जस्तै बनिन् । उनी काम्न थालेको जस्तो देखिन थाल्यो र एनजिओको तर्फबाट आएकी एक अधिवक्ताले उनलाई इजलासमै पानी खुवाउन थालिन् । ती महिला अधिवक्ताले भनिन्, पीडितले यो कुरा सुनेपछि र यससँग सम्बन्धित मान्छेहरु देखेपछि उहाँलाई गाह्रो हुन्छ श्रमिान् । उनी शारीरिक र मानसिकरुपमा निकै कमजोर भएकी छिन् । त्यसपछि इजलासमा सुरु भयो बहस र बहस अवधिभर ती युवतीको ‘अवस्था’ उस्तै देखियो ।
ती युवती थिइन्, बालाजु ५५ । बालाजु ५५ को जाहेरीका आधारमा प्रहरी वृत्त बालाजुले बुढाथोकी थरका एक हाइड्रो इञ्जिनियरलाई जबरजस्ती करणीको कसुरमा मुद्दा चलाएको थियो र काठमाडौं जिल्ला अदालतले बुढाथोकीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर बुढाथोकीले आफूले ती युवतीलाई जबरजस्ती करणी नगरेको र सहमतिको सम्बन्ध बलात्कार हुन नसक्ने तथा जुन मितिमा युवतीले बलात्कार भयो भनेकी छिन्, उक्त दिन युवतीसँग भेट नै नभएको भन्दै साधारण तारेखमा रिहा भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका थिए । काठमाडौं जिल्ला अदालतको बेरितको आदेश बदर गरी साधारण तारेखमै रिहा गरिपाउँ भनी दिएको निवेदनमाथि सो दिन सुनुवाइ हुने कार्यसूची थियो । त्यही सुनुवाइलाई प्रभावित बनाउन र इजलासलाई नै इमोसनल ब्ल्याकमेल गरी ‘पीडित र प्रताडित’ देखाउन एक एनजिओले गरेको योजना थियो त्यो ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र अमृत बहादुर बस्नेतको इजलासमा रहेको उक्त निवेदनमा उक्त दिन प्रहरी वृत्त बालाजुमा त्यसअघि भएको भनिएको मिलापत्रको कागज झिकाउने आदेश गरेपछि मात्रै उनीहरु इजलासबाट बाहिर निस्किए ।
जब अदालतबाट ती युवती बाहिर आइन्, त्यसपछि उनलाई सबै कुरा ठीक भयो । सँगै आएकी एनजिओकी महिला अधिवक्ताले बुढी औंला माथि देखाएर ‘ठीक भयो’ भनेपछि युवती मुसुक्क हाँसिन् । अनि उनी फेरि त्यही स्कुटर चढेर त्यही शैलीमा बाहिरिइन् ।
बलात्कारको मुद्दामा जाहेरवाली र एनजिओको तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुको योजनामा तयार पारिएको प्रभावितलाई देखाएर इजलासलाई इमोसनल ब्ल्याकमेल गर्ने यो पहिलो घटना होइन । पीडितको तर्फबाट मुद्दा लडिदिने भन्दै सहयोगी बनेका यस्ता धेरै घटनाहरुमा कानुनी सहायताका लागि भन्दै खुलेका धेरै एनजिओहरुको हर्कत यस्ता मुद्दाहरुमा छर्लङ्ग देखिन्छ ।
महत्वपूर्ण मुद्दाहरुमा कहिलेकाहीँ एकजना सरकारी वकिल उपस्थित हुन पनि हम्मेहम्मे पर्ने अवस्था हुँदा उक्त दिन ७३ नम्बरको निवेदनका लागि पनि तीनजना सरकारी वकिल खटिनुले निवेदन कति ‘महत्वपूर्ण’ रहेछ भन्ने झल्को दिन्थ्यो ।
प्रसङ्ग यहीँ सकिँदैन । असोज १५ गते अपरान्ह पनि ती युवती त्यही अवस्थामा उच्च अदालत पाटनमा पुगिन् । देख्दा पनि अति दुःखी, गरिब र पीडित देखिने लवाईका साथ उनी त्यहाँ पुगिन् । त्यसपछि नेतृत्वमा रहेका न्यायाधीशलाई भेटेर आफूमाथि घोर अन्याय भएको, घरमा काम गर्न राखेर बलात्कार गरेको, कुटपीट गरेको र ज्यानमाथि नै खतरा रहेकोसम्म भन्न भ्याइन् । थुनामा रहेका व्यक्ति कुनै पनि हालतमा छुट्न नहुने भन्दै थुनामै राखिरहन दबाव दिइन् ।
न्यायाधीशले आफू कसैको भावनामा नबग्ने भन्दै तथ्य, प्रमाण र मिसिलमा रहेको प्रमाणका आधारमा थुनामै राख्नुपर्ने भए थुनामै राख्ने जिल्लाको आदेश सदर हुने र तारेखमा राख्दा पनि फरक नपर्ने भए धरौटी वा साधारण तारेखमा छुट्ने जवाफ दिए । ती बालाजु ५५ ले उक्त पूर्ण छुटे आफूमाथि अन्याय हुने भन्दै न्यायाधीशलाई नै इमोसनल ब्ल्याकमेल गरिरहिन् । न्यायाधीशले म हेरौंला भनेर बल्लबल्ल पठाइदिए ।
बालाजु ५५ यतिबेला कुनै पनि हालतमा ती युवक छुट्न नहुने भन्दै उच्च अदालत पाटनका प्रत्येक न्यायाधीशलाई भेट्ने भन्दै दैनिकजसो अदालत धाइरहेकी छिन् । किनभने उक्त निवेदनको अर्को पेसी असोज १८ गते बिहीबारका लागि तोकिएको छ र बालाजु ५५ जसरी पनि थुनामै राख्नुपर्ने भन्दै दबाव दिन न्यायाधीशलाई भेट्न धाइरहेकी छिन् । जबकि पीडित वा पीडकले आफ्नो कुरा आफ्ना कानुन व्यवसायीमार्फत् इजलासमै राख्ने हो । नेपाल सरकार वादी भई चलेका मुद्दामा मुख्यतः सरकारी वकिलहरुले पीडितको तर्फबाट कानुनी सहायता गर्ने भएपनि केही खास मुद्दाहरुमा एनजिओका अस्वभाविक भूमिका पटकपटक देखिन्छ ।
के हो घटना ?
हाल कारागार कार्यालय सुन्धारमा रहेका बन्दी पूर्ण बहादुर बुढाथोकी पेसाले हाइड्रो इञ्जिनियर हुन् । बाहिर जिल्लाबाट काठमाडौंमा आइ संघर्ष गरेका पूर्ण आफ्नो परिवारसँग राम्रैसँग बसिरहेका थिए । त्यही बेला नातामा साली पर्ने परिवर्तित नाम बालाजु ५५ को इन्ट्री भयो पूर्णको घरमा ।
बालाजु ५५ ले आफ्नो घर परिवारका सदस्यसँग रिस उठेपछि सनकमा आफूले खाइरहेको औषधीको ओभर डोज लिइन् । त्यसपछि बिरामी भएकी उनलाई स्वयम्भुको मनमोहन अस्पतालमा भर्ना गरियो । हेरचाह गर्ने कोही नभएपछि र जेठानीले फोन गरेपछि पूर्णकी सासु अस्पतालमा पुगेर जेठानीकी छोरी बालाजु ५५ लाई उपचार गराइन् । उपचारपछि उनले केही दिन आफ्नै घरमा ल्याएर राखिन् । यो घटना करिब ७ वर्ष अगाडिको थियो र पूर्णसँग बालाजु ५५ को चिनजान त्यहीँ भएको थियो ।
पहिले खासै आउजाउ नहुने र दुःखमा साथ दिएपछि बालाजु ५५ आफ्नो कोठामा जान नमानी अंकल–अण्टीकै घरमा बस्न थालिन् । त्यही बेला पूर्णकी श्रीमती रस्मिला गर्भवती भएको कारण दिदीलाई सहयोग हुन्छ भनेर घर जान नमानी बालाजु ५५ त्यहीँ बसिन् । कहिलेकाहीँ मात्रै आफ्नो कोठामा जाने र धेरैजसो त्यहीँ बस्न थालिन् । करिब ४ महिनापछि व्यवहारमा अस्वभाविक परिवर्तन आएपछि पूर्णकी सासुले बालाजु ५५ लाई त्यहाँबाट निकालिदिइन् ।
चिनजानपछि पूर्ण र बालाजु ५५ नजिकिए । काठमाडौं जिल्ला अदालतमा पेस भएको अभियोगपत्र, त्यहाँको बयान आदिबाट उनीहरुबीच आपसी सहमतिमै पटकपटक यौन सम्बन्ध पनि स्थापित भयो । प्रतिवादी रहेका पूर्ण बुढाथोकीले दिएको बयान अनुसार उनीहरुबीच करिब ५ वर्षदेखि सम्बन्ध रहँदै आएको थियो ।
सहमतिको यौनसम्बन्धले पछि औपचारिकता खोज्न थाल्यो । दुई सन्तानका पिता रहेका पूर्णलाई आफ्नी दिदी अर्थात् श्रीमतीसँग डिभोर्स गरेर आफूसँग विवाह गरी बस्न दबाव दिइन् । तर पूर्णले त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूलाई एक करोड रुपैयाँ दिन वा काठमाडौंमा घर बनाइदिन भनिन् । पूर्णले आफूसँग पैसा नभएको र त्यो पनि सम्भव नभएको भनी टाढिन थाले । त्यसपछि बालाजु ५५ पूर्ण बसेको कलंकीको घरमै आएर मध्यरातमा समेत झगडा गर्न थालिन् । झगडाकै क्रममा प्रहरीले पक्राउ गरी बालाजु ५५ र पूर्णलाई प्रहरी वृत्त कीर्तिपुरमा लग्यो ।
छलफलका क्रममा बालाजु ५५ ले आफूलाई विवाह गरेर लैजानुपर्ने प्रस्ताव गरिन् । पूर्णले नमानेपछि बलात्कारको केस गर्छु भन्दै त्यहीँ आफूमाथि पटकपटक बलात्कार भएको बताइन् । २०७८ चैत २४ गते पक्राउ परेका पूर्णलाई एक रात त्यहीँ थुनेर भोलिपल्टको छलफलमा कुरा नमिलेपछि आफूमाथि बलात्कार भएको भन्दै पछिल्लोपटक बलात्कार भएको स्थान बालाजुक्षेत्रमा पर्ने बताइन् । त्यसपछि कीर्तिपुर प्रहरीले दुवैजनालाई बालाजु प्रहरीको जिम्मा लगाइदियो ।
तर, बालाजु ५५ ले पूर्णविरुद्ध बलात्कारको जाहेरी दिन मानिनन् । आफन्त रहेका एक वकिलमार्फत् एक करोड दिए छुटकारा दिने प्रस्ताव राखियो । तर एक करोड दिन नसक्ने र आफूले बलात्कार पनि नगरेको बताएपछि बालाजु ५५ कै योजनामा घरमा श्रमिती हुँदाहुँदै श्रमिती स्वीकार गर्न लगाउने गरी मिलापत्रको कागजात तयार भयो र मिलापत्र भयो । प्रहरी कार्यालयमा मिलापत्र हुँदा भने बालाजु ५५ ले सालीभेनाको सामान्य विवाद रहेको र अहिले विवाद मिलेको बताइन् । त्यसपछि उनीहरु त्यहाँबाट छुट्टिए ।
त्यसपछि सुरु भयो पैसाको ब्ल्याकमेल
जब त्यहाँबाट पूर्ण छुटे, त्यसपछि पटकपटक पैसा माग गर्ने गर्न थालिन् । पटकपटक पैसा दिनुपर्ने र दिनकै २०–२५ हजार पैसा दिनुपर्ने भएपछि पूर्ण आजित हुन थाले । उसलाई पैसा पनि दिनुपर्ने, रिसोर्टमा गएर उसँगै बसिदिनुपर्ने र त्यसको खर्च भने आफूले तिर्नुपर्ने भएपछि पूर्ण बिस्तारै बालाजु ५५ बाट टाढा हुन थाले । तर जब पैसा दिन छाड्यो, त्यसपछि प्रहरी कार्यालय भित्र वा प्रहरी कार्यालयको बाहिर गएर फोन गर्ने र भेट्न आउने कि पैसा पठाउने नत्र रेप केस हालिदिन्छु भनेर धम्काउन थालिन् ।
लोकपथलाई प्राप्त दुईवटा अडियोमा एउटा अडियो प्रहरी कार्यालयबाट गरिएको फोन सम्वादसँग सम्बन्धित छ । उक्त अडियोमा पूर्णले आफू पैसा दिँदादिँदै थाकेको र उसँग समय बिताउन आफूसँग समय पनि नभएको बताएका छन् । अब महिलाले बलात्कारको केस गरेपनि फेस गर्ने तर सँधै पैसा दिन नसक्ने बताएका छन् । साथै उसलाई भेटेर रिसोर्टमा गएर बस्नुपर्ने र आफ्नो त्यतिसम्मको हैसियत नभएको उक्त अडियोमा सुन्न सकिन्छ ।
अडियोमा रहेको कुराकानीको लिखित अंश यस्तो छ
(प्रहरी वृत्त कीर्तिपुरमा बालाजु ५५ पुगेपछि प्रहरीले पीडक भनिएका पुर्णको मोबाइलमा फोन गरी भएको कुराकानीको रेकर्ड)
प्रहरी : तपाई फोन नै उठाउनु हँुदैन किन ? प्रहरी कार्यालयबाट फोन गरेपछि त फोन रिसिभ गर्नुप¥यो नि सर ।
पूर्ण : कहाँबाट फोन गर्नुभएको ?
प्रहरी: प्रहरी वृत्त कीर्तिपुरबाट ।
पूर्ण : के थियो ? ल भन्नुस् न ।
प्रहरी : कहाँ हुनुहुन्छ तपाई ?
पूर्ण : म घरमै छु ।
प्रहरी : घरमै हुनुहुन्छ । अनि तपाईको साली त फेरि आइसक्यो त यहाँ ? के हो कुरा ?
पूर्ण : अब यस्तो छ कुरा । उसलाई भेटेपछि रिसोर्टमा गएर बस्नुपर्ने । अनि पैसा त्यतै चैट । कीर्तिपुरबाट छुटेपछि मैले १ लाख २५ हजार दिइसकें । उसले हिजो भर्खर पनि २५ हजार लिएर गयो । आज बिहानै पैसा छैन भनेर म्यासेज गरिराखेको छ ।
प्रहरी : (महिलासँगको कुराकानीमा) पैसा सोइसा त दिइराखेको छ रे त अनि ।
पूर्ण : अब यस्तो पागलको कुरा त … । हाम्रो पनि स्वतन्त्र लाइफ छ नि । स्वतन्त्र लाइफ पनि जिउन नपाउने भए पछि …
प्रहरी : त्यही त अब के गर्ने त भन्नु न ?
पूर्ण : मैले उसलाई के भनेको छु भने बस्नको लागि रुम खोज म पैसा पे गरिदिन्छु । तर यो महिना म तिमीलार्य भेट्न सक्दिन कामको व्यस्तताले । म बाहिर बाहिर हुन्छु तनाब छ मलाई । आर्थिक मन्दी भर्खर सकिएको कारणले गर्दा कारोबार बिग्रेको छ । एउटा समस्या तँ पनि होे भनेर मैले हिँजो भर्खर पनि भनेको छु मैले । हिँजो उसले ३५ हजार रुपैयाँ मागेको थियो । मैले अरुसँग १३ हजार रुपैयाँ सापटी मागेर टाकटुक पारेर २५ हजार बनाएर दिएँ ।
प्रहरी : एकपटक यता सुन्नु न । तपाइँ यहाँ आउनु त एकपटक । अनि एकैछिनमा जानुहोला बरु ।
पूर्ण : त्यहाँ आएर पनि तपाईले केही गर्न सक्नुहुन्न, उसले मलाई कठालो समाएर ल हिँड रिसोर्टतिर भन्छ । त्यहाँ गएपछि १२–१५ हजार रुपैयाँ खर्च हुन्छ । पैसा नभएको बेला के ले तिर्ने हेनुस् न । त्यहाँबाट छुटेपछि तीन पटक रिसोर्ट गइसक्यो ।
प्रहरी : त्यही त अब के गर्ने के त ? उसलाई के भनेर पठाइदिउँ त ?
पूर्ण : मैले उसलाई अब जे गर्न मन लाग्छ गर् भनेको छु मैले । केस नै गर्छ भने पनि गर । होइन भने मैले गर्न सक्ने कुराहरु सबै गरेको छु, गर्न नसक्ने कुरा त मैले गरेर साध्य लाग्दैन । तपाई पनि त्यही भनिदिनोस् । तपाइँलाई जे गर्न मन लाग्छ, त्यही गर्नुहोस् भनिदिनोस् ।
प्रहरी : (महिलासँग कुरा गर्दै) अब उहाँ आउनुहुन्न रे । जे गर्न मन लाग्छ, त्यही गर रे ।
महिला : (प्रहरीसँग कुरा गर्दै) मलाई भेट्दैन रे ?
प्रहरी : उहाँ आउनुहुन्न रे । तिमीलाई हिँजो भर्खर पनि २५ हजार दिएर कोठा खोज एक महिना आउन भ्याउँदिन भनेको थियो रे त ।
महिला : (प्रहरीसँग) एकपटक मलाई फोन दिनु त म कुरा गर्छु ।
प्रहरी : ल कुरा गर्नुहोस् त एकपटक उसँग ।
महिला : हेलो
पूर्ण : अँ भन्नुहोस् ।
महिला : म यहाँ चौकीमा छु ।
पूर्ण : थाहा भइसक्यो मलाई ।
महिला : अनि मैले यहाँ बस्दा बस्दै २०–३० कल फोन गरिसके त्यत्रो म्यासेज गरिसके किन नउठाको ?
पूर्ण : मैले हरेक पटक तेरो फोन उठाउनै पर्छ, म्यासेजको रिप्लाइ गर्नैपर्छ भन्ने छ ? तैँले सँधै मलाई थ्रेट गर्ने ?
महिला : किन छैन ?
पूर्ण ? तैले सधै मलाई थे्रट गर्ने, सँधै तँ तँ र म म भन्ने तेरो बाउ र तथानाम भनेर गाली गर्ने तँ । मेरो जिना हराम गर्ने नि तँ तैले भनेको पूरा गर्ने नि म । अनि मैले सबै कुरा गर्छु भन्दा नि सन्केर जान्छेस् भने जा ज जा के के गर्न मन लाग्छ गर, मैले त्यो त छोडदिएको छु त ।
महिला : के–के गर्न मन लाग्छ गर रे । अनि त्यो खोजेको रुममा बस्न नमिल्ने भइसकेको छ । अब म रुम खोज्न पनि सक्दिन । म अस्ती देखिबाट बाहिर छु, अब मसँग होटेलमा बस्ने पैसा पनि छैन ।
पूर्ण : अब मेरो प्रोब्लेम होइन । मैले के भनेको छुु ? दुईवटा रुम खोज भन्दा तैले त्यो रुम खोजिस्, मैले कार्पेट हाल पर्दा हाल म अरु पैसा म्यानेज गर्छु भन्दा तैले बढी बाहाना गरेर मसँग निहु खोजिस्, बढी निहु खोजिस् भने तैँले केही पनि पाउँदिनस् । १८–२० हजार कति पर्छ तिरिदिने । त्यही रुममा बस्न रेडी हो, बस । हो तर बढी कुरा गरेर मलाई तङ (हैरानी) गर्छस्, भने तँ जे गर्छस्, गर जा । मलाई कुनै सरोकार छैन ।
महिला : मलाई किन नभेटेको त ?
पूर्ण : तँलाई मैले भनेको छु त साउन महिनाभरि भेट्न सक्दिन भनेर । मैले तलाई वर्षौँ वर्ष भेट्दिन भनेको छु र ?
महिला : नभेटेपछि कसरी हुन्छ ? मैले त्यो सबै व्यवस्था गर्न सक्छु ?
पूर्ण : सक्दैन भने म अर्को मान्छे लगाइदिन्छु नि । अहिले सबै कुरा रुम डेलिभरी हुन्छ । कार्पेट टाँस्ने मान्छे हुन्छ, पर्दा हाल्ने मान्छे हुन्छ ।
महिला : रुम नै छैन, म कहाँ खोज्न जाने रुम ?
पूर्ण : खोज्न सक्दैनस् भने म अनलाइनमा खोजिदिउँला, बढी कुरा गर्छस् ?
महिला : म अहिले कहाँ बस्ने ?
पूर्ण : तलाई जहाँ मन लाग्छ त्यहीँ बस । हिँजो अस्ति कहाँ बसेको थिइस्, बढी कुरा गर्छस् ? अस्ति मलाई शिवपुरिको जङ्गलमा बसेको छु भनेर भन्ने, अनि फेरि बाटोमा छु भनिस् अनि अहिले होटलमा बसेको छु, पैसा छैन भनेर पैसा माग्ने । फेरि मैले पैसा दिएँ, आज फेरि मसँग पैसा छैन भन्ने ? यो चानचुने कुरा हो ? ख्याल ख्याल हो यो ? जे मन लाग्यो भन्ने ? तैँले भन्दा जे पनि हुन्छ ? मैले बकाइदा भनेको छु, तैले भन्दा जे पनि हुन्छ भने जा गएर गर् । बरु त्यो भन्दा त म १४ वर्ष जेल बस्छु नि ।
महिला : (प्रहरीसँग) ल सुन्नुस्, सुन्नुस् । १४ वर्ष जेल बस्छु रे ।
पूर्ण : प्रमाण जुटाएर हाल न । तैले के–के गरेको छ हामीसँग चाहिँ प्रमाण छैन ? बढी जान्ने हुन्छेस् । मैले बाँच्न सकिन, मेरो सबै कुरा सकियो । यो ५ वर्ष अघिदेखि तैले यो नाटक गरिराखेको हो । कति सहने ? हामी छोरा मान्छे भएर हामी सँधै सहि रहने ?
प्रहरी : ल सुन्नुहोस् है सर, हामी त केही भन्दैनौ । यो कुरामा दुई जनालाई जे गर्नुछ गर्नुस्, हामीे त एउटा माध्यम मात्र हो ।
पूर्ण : सरले जे गर्नुभयो ठीक गर्नुभयो सर । यो समस्या भनेर ५ वर्ष अगाडि देखि मलाई घिडघिड घिडघिड घिडघिड मात्रै बनाइराखेकी छ । छोरा मान्छे भनेर सँधै समस्या भइरहने ? अस्ती नै म २ पटक त प्रहरी चौकी गएँ । अनुसन्धान गरिदिनोस् । मैले रेप गरेको रहेछु भने रेप केसमा हाल्दिनुस् भनेर मैले भनेको हो । अनि रेप केस पनि होइन भनेर ऊ फिर्ता लिने । फेरि रेप केस पनि होइन भनेर उ फिर्ता लिने तथानाम भनेर मलाई काजग गराउने । बलजफ्ती मलार्ई जेलभित्र हालेर मलाई श्रीमती स्वीकार्छस् भने स्वीकार, होइन भने म तलाई निकाल्दिन भनेर कागज गराउने । त्यो त तपाइँलाई थाहा छ नि ।
प्रहरी : त्यो त हो सर । तर के गरौं ? हामी त माध्यम मात्रै हो । उसले फोन गरदिनु प¥यो भनेर फोन गरेको हो ।
पूर्ण : होइन सर, त्यो बहिनीको फोन बेलुकातिर उठाउँला भन्ने नै थियो । मलाई बिहान उठे देखि यसले तङ गर्छे हेर्नुहोस् । मेरो आफ्नो पनि काम हुन्छ, त्यसको कारणले म सँधै भागेर हिँड्ने कुरा पनि हँुदैन । मैले बकाइदा भनेको छु कि यो महिनाभरि म तँलाई भेट्दिन, सबै कुराहरु गर्दिन्छु तँलाई समस्या छ भने । बढी नाटक हेर्नुहोस् । त्यसको दिदी छ, दाइ छ । मैले त्यहाँ बस पनि भनेको छैन, केही पनि भनेको छैन । रुम खोज, पर्दा हाल । अहिले कार्पेट नाप्न लगा, अरु फर्निचरको सामान हेर्, त्यो सबै म गर्दिन्छु भन्दाभन्दै बढी नाटक गरेर अब कहिले चाहि बाटोमा खोज्दै हिँडेको छु भन्छ, कहिले के भनेको छ । रातनी १२ बजे तङ गर्छ हेर्नुहोस् ।
प्रहरी : यसो गर्दिनुस् न त । अहिले उसलाई बस्ने ठाउँ पनि छैन रे !
पूर्ण : हेर्नुस्, उ र म सँगै भएर रुम खोजेको । त्यो रुममा गएर बस, कार्पेट हाल भनेको सबै कुरा हाल । पैसा कति लाग्छ भन म सबै कुरा गर्दिन्छु भन्दा भन्दै बढी के गर्छ भने भेट्ने, सुन्नुहोस् है भेट्ने अनि आजबाट म तँलाई छोडिदिन्छु आज तँ र म सँगै बस्नुपर्छ । बसिसके पछि चाहिँ भोलिबाट म तँलाई छोडिदिन्छु । हजुरलाई पनि तनाब भयो, मैले दुख दिएँ भन्छ म सँग । अनि बसि सकेपछि भोलिपल्ट पर्सिपल्ट फेरि त्यही कुरा दोहो¥याउँछ हेर्नुहोस् ।
प्रहरी : त्यही त अब के गर्नु के । हामीलाई पनि गाह्रो, सँधै आइरहन्छ ।
पूर्ण : सरहरुलाई यो सानो सानो कुराहरुले गर्दा त्यो परिरहेको हुन्छ होइन ।
प्रहरी : ल ठीक छ ठीक छ । तपाईहरु दुई जनालाई जे ठीक लाग्छ त्यही गर्नुहोस् । अब के भनौ । हामीले जे गर्न मन लाग्छ त्यही गर्नुस् भनेर भनिदिन्छौँ । ल सकिन्छ भने उसलाई हेरिदिनुहोला ।
पूर्ण : मैले हेर्दिन भनेकै छैन । मैले म्यासेज गरेको छु, त्यसको म्यासेज हेर्नु भएपनि हुुन्छ । त्यसले गरेको म्यासेज मेरोमा पढेर हेर्नुहोस् सर । उसले भनेको कुरा त रेकर्ड छैन होला म रेकर्ड गरेर सुनाइदिन्छु पनि सरलाई । उसले मलाई के–के भनेको छ भन्ने कुरा ।
प्रहरी : ल सर ल ।
यो कुराकानीबाट स्पष्ट बुझिन्छ कि बालाजु ५५ ले पीडक भनिएका व्यक्तिसँग पटकपटक रकम मागेकी छिन् । कीर्तिपुरमै बलात्कारको केस गरेर त्यहाँबाट बालाजु पठाएको कुरा पनि यो कुराकानीबाट बुझ्न सकिन्छ ।
लोकपथलाई प्राप्त अर्को अडियोमा बालाजु ५५ ले आफूसँग भेट्न र सँगै बस्न पूर्णलाई दबाव दिएको बुझ्न सकिन्छ । यदी सँगै नबसे केस गर्नेसम्मको धम्की उक्त अडियोमा छ । पहिले पनि केस गरेर पछि फिर्ता लिएको कुरासमेत यो अडियोमा स्वीकार गरिएको छ र आफूले भनेको जस्तो नभए फेरि केस गर्ने धम्कीसमेत दिइएको छ ।
अडियोमा भएको कुराकानीको अंश यस्तो छ :
(बालाजु ५५ ले फोन गरेपछि पूर्ण र महिलाबीच भएको कुराकानीको अंश)
पूर्ण : हेलो
महिला : म कहाँ आउने भनेको ?
पूर्ण : मैले ३ बजे फोन गर्छु भनेको होइन ?
महिला : म ३ बजेसम्म कुर्दिन ।
पूर्ण : नकुरे मर्न न त जा ।
महिला : के रे ?
पूर्ण : ३ बजे सम्म फुर्सद छैन भनेको होइन ?
महिला : हिजो किन मलाई राती ११ बजेसम्म रोडमा कुराको त ?
पूर्ण : मैले कुराको ? त बढी जान्ने न हो है तँ ।
महिला : गर्न खोजेको के ?
पूर्ण : बढी स्मार्ट न हो । आफ्नो खाल्डोमा आफै परिएला ।
महिला : परे पर्छु त ।
पूर्ण : जा न त गएर गर् । तैले गर्न सक्ने त्यही एउटा हो गर । झन् मैले ३ बजे भेट्छु भनेपछि त मान्नुपर्यो नि । हिँजो समय छैन भनेर भनेको थिए त मैले ।
महिला : अनि त्यो तरिका हो समय छैन भन्ने ?
पूर्ण : के चाहिँ भनेको छु मैले ? त्यहाँ तलाई मार्छु काट्छु भनेको छु ? मैले केही त्यस्तो भनेको छु ?
महिला : भनेको छ ।
पूर्ण : राम्रो मुखले झन् म भोलि भेट्छु, आज समय छैन भनेर अरुलाई समय दिएको छु भनिसकेपछि … ।
महिला : म नपुगुन्जेल चाहि कोहीसँग समय लिएको नहुने, म त्यहाँ पुगेपछि चाहि अरुलाई समय दिएको हुन्छ ?
पूर्ण : त सँग बहस गर्नु नै छैन । त सँग बहस गरेर हुनेवाला केही छैन । तलाई के गर्नु छ गर्, होइन भने तैंले जे भनिराखेको छ, त्यो मानि राखेकै छ त ।
महिला : के मानेको छ ?
पूर्ण : के मानेको छैन ? तलाई दिनदिनै भेट्न पर्ने भेट्दिएकै छु ।
महिला : कहाँ कहिले भेट्यो दिनदिनै ?्
पूर्ण : किन भेटेको छैन ?
महिला : ठूलो कुरा गर्ने अहिले आएर ?
पूर्ण : त भन्दा ठूलै छु नि म । त भन्दा सानो छु र म ?
महिला : निहु खोजेको हो ?
पूर्ण : निहु खोजेको हो कि पुरानो खोजेको हो तलाइ नै थाहा होला नि । राम्रो कुरा गरेर मलाई अहिले काम गर्न दे डिस्टर्ब नगर भनेर भनेकै छु त ।
महिला : मलाई ११ बजे रातिसम्म किन रोडमा कुराउने त ?
पूर्ण : म सँग निहु खोज्ने काम तैंले गरेको हो ।
महिला : के गरे मैले ?
पूर्ण : मलै तलाई ११–१२ बजेसम्म कुर भनेको छु ?
महिला : ११–१२ बजेसम्म फोन स्वीच अफ गरेको त बाटोमा कुर भनेर स्वीच अफ गरेको होइन त ।
पूर्ण : बढी जान्ने न हो तँ । तैंले फोन गरेर कामै गर्न नदिएपछि अफ नगरे के गर्छन् त ? फोन स्वीच अफ गर्नुभन्दा अगाडि तँलाई म्यासेज गरेको छु, आज भेट्न सक्दिन बढी फोन नगर भनेर । फोन पनि गरेको छु, म्यासेज पनि गरेको छु ।
महिला : केही पनि गरेको छैन । स्वीच अफ गरेर घरमा गएर बसेको होइन ?
पूर्ण : म आज पनि तँलाई भेट्दिन के गर्छेस् ? बढी निहु खोजेको कुरा गर्छस् भने … ।
महिला : नभेट्ने हो ?
पूर्ण : भेट्दिन यस्तै गलफती गर्ने । नचाहिने कुरा गर्ने अनावश्यक टर्चर दिने तँलाई भेटेर के फाइदा ?
महिला : ए मैले चाहि अनावश्यक टर्चर दिएको ?
पूर्ण : के गरेको त तैंले यो ?
महिला : मैले अनावश्यक टर्चर दिएको ?
पूर्ण : मैले काम गर्नुपर्दैन ?
महिला : मैले चाहि गर्नुपर्दैन ?
पूर्ण : के काम गरेको छस् ? गरेर देखा न त ।
महिला : म ११ बजे रातिसम्म रोडमा … ।
पूर्ण : बढी कुरा नगर, यो कुरा नदोहोरा । यो कुरा तलाई घात हुनसक्छ ।
महिला : के घात हुनसक्छ ?
पूर्ण : मैले तलाई कहिँ ११ बजेसम्म कुराएको छु ?
महिला : कुरायो । रोडमा कुराएको मलाई राती ११ बजेसम्म ।
पूर्ण : काम गर्ने मान्छेलाई बढी स्ट्रेस न दे ।
महिला : अनि म नपुगुन्जेल चाहिँ काम नहुने, म पुगेपछि काम हुन्छ ?
पूर्ण : मैले तँलाई बकाइदा भनेको छु, म आज तलाई भेट्न सक्दिन । तलाई दिनदिनै भेट्न पर्ने कारण के हो ? त्यो पनि खुलाउनु प¥यो । त्यस्तो काम छ भने मैले म्यासेज गर भनेको छु, फोनमा भन् भनेको छु । मैले भेटेर गर्नुपर्ने काम चाहिँ के हुन्छ तेरो ?
महिला : घरमा दिन दिनै बसेको हुन्छ कि हुँदैन ?
पूर्ण : फेरि भेटेरै त सँग गर्नुपर्ने काम चाहि के हुन्छ भनेको ?
महिला : घरमा दिनदिनै बस्नुहुन्छ कि हुँदैन ?
पूर्ण : घरमा बसु कि अफिसमा बसु कि तलाई के मतलब भो त ?
महिला : मलाई मतलब भो ।
पूर्ण : तलाई मतलब भए जा न त का गएर मतलब खोज्नुपर्छ खोज ।
महिला : के गर्ने, के गर्ने ?
पूर्ण : तैँले के गर्न सक्छस् गर न जा ।
महिला : अनि गरेको थिएँ त किन फुत्केर आएको त ?
पूर्ण : अब गर्न त अहिले पनि गर्न तलाई के ले रोकेको छ र ?
महिला : ए …. आउनी अनि फेरि गर् भन्ने ?
पूर्ण : हे। तैँले अब मलाई थ्रेट न दे हेर । गएर दे भनेको तैले यस्तो थ्रेड गर्ने भए दे ।
महिला : यत्रो दे ? मैले अहिले भेट्न पाउँछु कि पाउँदिन ?
पूर्ण : मैले भनेको छु ३ बजेभन्दा अगाडि भेट्न पाउँदैन, भेट्दै भेट्दिन ।
महिला : नभेट्ने नै हो ?
पूर्ण : भेट्दै भेट्दिन के गर्छस् गर ।
महिला : गरौंला ।
पूर्ण : उस्तै परे ३ बजे नि भेट्दिन म ।
महिला : ए, थर्काको मलाई ?
पूर्ण : मैले थर्काको केही होइन, राम्रो मुखले भनेको छु । मैले ३ बजे फोन गर्छु, कहाँ भेट्ने पनि भन्छु तँलाई । यसरी टर्चर दिने भए किन भेट्ने मैले तँ सँग ?
महिला : ए टर्चर मैले दिएको ?
पूर्ण : यो चाहि के गरेको त ? एकै पटकमा १०–१२ चोटी फोन गर्ने, म्यासेज गरेको छु, मुखले भनेको छु मैले । ३ बजे सम्म काम गर्न दे त्यसपछि म भेट्छु भनेर भनेको होइन ?
महिला : मलाई अहिले भेट्नुप¥यो, मलाई अहिले भेट्नुप¥यो ।
पूर्ण : तँ जस्तो पागललाई जतिखेर भन्यो त्यतिखेर भेट्नचाहिँ म के हो ?
महिला : मेरो श्रीमान हो ।
पूर्ण : अनि श्रीमान भनेर तँ सँग के दिनदिनै सुत्नु पर्यो ?
महिला : पर्यो ।
पूर्ण : जान त गएर सुत् ।
लोकपथलाई प्राप्त अन्य अडियोमा पनि बालाजु ५५ र पूर्णबीच भएको कुराकानी समावेश गरिएको छ । त्यहाँ बालाजुमा रेप केस किन हालेको भनेर सोध्दा मलाई किन वास्ता नगरेको, मैले भनेको स्थानमा किन नआएको त भनेर रिसमा उजुरी गरेको कुराहरु उल्लेख छ ।
तर, प्रहरी वृत्त बालाजुमा २०७८ चैत महिनामा दिएको ठाडो उजुरी फिर्ता लिई ‘साली–भेनाको विवाद’ भनेर टुंगो लगाएको भएपनि परिवर्तित नाम बालाजु ५५ ले सोही प्रहरी वृत्तमा मिलापत्र भएको मितिभन्दा पहिलेकै मिति अर्थात् २०७८ मंसिर ४ गते तारकेश्वर नगरपालिका ३ मा आफूमाथि बलात्कार भएको भन्दै २०७९ फागुन १२ गते सोही प्रहरी कार्यालयमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा चलेको मुद्दा पूर्ण यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया