सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यास ब्याक योजना

लोकपथ
105
Shares

काठमाडौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यास व्याक योजना ल्याएको छ ।

यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ, बिजुलीको बिर्ल तिर्दा दुई प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल ितर्दा दुई प्रतिशत वा अधिकतम ५० रुपैयाँ सम्मको क्यास व्याकको व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता’’ को आधारमा क्यास ब्याक प्रदान गरिने छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?