काठमाडौं । थाइल्यान्डको चोन्बुरीमा भएको दोश्रो बुराफा युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपालीकी निशा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
निशाले एकल पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । त्यस्तै विनोद बस्नेतले ग्योरोगीमा रजत र पुम्सेमा कास्य पदक, राजेशकुमार तामाङले ग्योरोगीमा रजत तथा दीपक दुलालले ग्योरोगीमा रजत र पुम्सेमा कास्य पदक हात पारे ।
प्रज्ज्वल दवाडी, प्रवेश दवाडी, दिनेश राई, सन्तोष पौडेल, अनिल आले र मेलिना गुरुङले ग्योरोगीतर्फ तेश्रो स्थान हात पारे । फुलमाया कुमालले पुम्सेमा कास्य पदक जितिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया