इंग्लिस प्रिमियर लिग : उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीको सहज जीत, टोट्नह्याम साथउह्याम्पटनसँग स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । 

घरेलु मैदानमा शनिवार राति सम्पन्न भएको ३० औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । सिटीका लागि रहिम स्ट्रलिङले ह्याट्रिक गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । तर, दोस्रो हाफ शुरु भएको १ मिनेटमा नै रहिभ स्ट्रलिङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ५० औँ र ५९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यता वाट्फोर्डका लागि खेलको ६६ औँ मिनेटमा जेरार्ड डाउलोफेउले एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलमा थप गोल भएन र खेल सिटीले ३-१ गोल अन्तरले जित्यो । जितपछि सिटलिे अंक तालिकामा ४ अंकको अग्रता लिएको छ ।

म्यान्चेस्टर सिटी ७४ अंकका साथ लिगको शिर्ष स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा लिगको तेस्रो स्थानमा रहेको टोट्नह्याम साथउह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ । साउथह्याम्पटनको जितमा भालेरीले खेलको ७५ औँ र वार्ड प्रासेले ८१ औँ मिनेटमा समान एक-एक गोल गरे ।

यता टोट्नह्यामका लागि भने खेलको २६ औँ मिनेटमा एक मात्र गोल फर्काएका थिए । हारका बाबजुत पनि टोट्नह्याम ६१ अंकको साथ लिगको तेस्रो स्थानमा छ । यता साउथह्याम्पटन भने ३० अंकका साथ १६ औँ स्थानमा छ । 

यता शनिवार राति नै भएका अन्य खेलहरुमा न्युक्यासलले इभर्टनलाई ३-२ गोल अन्तरले, लिचेस्टरले फुलह्यामलाई ३-१ गोल अन्तरले, बर्नेमाउथले हडर्सफिल्डलाई २-० गोल अन्तरले, कार्डिफ सिटीले वेस्टह्यामलाई २-० गोल अन्तरले तथा ब्राइटटनले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित ग-यो । 

जितसंगै सिटीले लिगमा दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित वाट्फोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?