रक्सी पिउन नदिएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी ।  रक्सी पिउन नदिएको भन्दै एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार रक्सी पिउन नदिएक झोंकमा निहाल विहार इलाकाका ३० वर्षीय प्रेम सिंहले श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि उनी श्रीमतीको लाससँगै रातभर सुते । हत्याको कारण थियो श्रीमती बबलीले प्रेमसिंहलाई रक्सी पिउन दिइनन् ।

उनीहरु कोठा भाडामा लिएर उक्त ठाँउमा बस्दै आएका थिए  । बिहानपख त्यहाँबाट फरार भएपनि उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रेमसिंहले श्रीमती बबलीले रक्सी पिउन नदिएपछि उनीहरुबीच झगडा भएको प्रहरीलाई बयान दिएका छन् । 

उनीहरुका सात र पाँच वर्षका दुई बच्चा छन् । प्रहरीका अनुसार बबलीले व्युटी पार्लरमा काम गर्दैआएकी थिइन् भने प्रेम सिंहले एक निजी स्याटलाइट टिभी सर्भिसमा काम गर्थे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?