एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत शिर्ष स्थानमा रहेको बार्सिालोना विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले रायो भाल्लेकानोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने भाल्लेकानोले लिएको थियो । खेलको २४ औँ मिनेटमा राउल डी टोमसले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
टोमसले गोल गरेपछि निक्कै आक्रामक बनेको बार्सिलोनाका लागि ३८ औँ मिनेटमा जेराड पिकेले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । ५१ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितमा पु-याए ।
त्यस्तै ८२ औँ मिनेटमा लुइस स्वारेजले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल बार्सिलोनाले ३-१ गोल अन्तरले जित्यो । जितपछि बार्सिलोनाले जारी लिगमा ७ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २७ खेलबाट ६३ अंक बनाएको छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले लेगानेशसलाई १-० गोल अन्तरले तथा गेटाफेले हुएस्कालाई २-१ गोल अन्तरले पराािजत ग-यो । यता एलाभेस र इबोरबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया