स्पर्श लघुवित्तद्वारा आइतवारदेखि आइपिओ खुल्ला

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले आज ‘आइतवार’ देखि सर्वसाधारणको लागि आइपिओ खुल्ला गरेको छ । 

लघुवित्त वित्तीय संस्थाले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो।

कम्पनीले कूल २ लाख ६९ हजार ६ सय ३० कित्ता आएपिओ निषकाशन गरेको हो । लघुवित्तका कर्मचारीका लागि  ४ हजार १ सय ४८ कित्ता तथा सामूहिक लगानी कोषलाई १३ हजार ४ सय ८२ छुट्टाइएको छ ।

बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३ सय ४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ । 

उक्त कम्पनीले छिटोमा आईपिओ यहि फागुन २९ गते बन्द गर्नेछ भने,  आवश्यक माग नपरेको खण्डमा भने आगामी चैत २५ गतेसम्म आवेदन खुल्ला रहनेछ ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?