साग खेलकुद अघि निर्माण सक्ने गरि पोखरा रंगशालाको शिलान्यास

कास्की । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को लागि निर्माण गरिन लागेको पोखरा रंगशालाको शिलान्यास गरिएको छ । 

‘साग’ अघि नै निर्माणको सम्पूर्ण काम सक्ने गरि पोखरा रंगशलाको आइतवार शिलान्यास गरिएको हो । युवा तथा खेलुकद मन्त्री जगत बहादुर सुनार र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशक कुमार विष्टले पोखरा रंगशाला परिसरमा आइतवार शिलान्यास गरेका हुन् ।

खेलकुद परिषद् यसअघि नै रंगशाला निर्माणको लागि भारतिय कम्पनी ग्रेट स्पोर्टस इन्फ्रा र नेपालको एमए कन्सट्रक्ससनले जोइन्ट भेन्चरलाई निर्माणको जिम्मेवारी दिइसकेको छ । 

राखेपले रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

गत वर्षमात्र पोखरा रंगशालाको प्याराफिट भत्काएर निर्माण प्रकिया अघि बढाएको थियो । लगभग १६ हजार दर्शक क्षमताको बनाउन लागेको यो रंगशालाको मैदानमा सिन्थेटिक ट्रयाक समेत बनाइनेछ ।

खेलकुद मन्त्री सुनारका अनुसार यो रंगशाला आउँदो असार मसान्तसम्म सक्नेगरि निर्माण गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?