इलाम । दार्जिलिङ युनाइटेड क्लब जारी पाँचौ माइभ्याली गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फिक्कलमा आइतवार भएको उद्घाटन खेलमा दार्जिलिङ युनाइटेडले आयोजक टिमलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान तय गरेको हो ।
दार्जिलिङका लागि देवाशिष तामाङले गरेको एक मात्र गोल नै निर्णायका बनेको थियो । हारका बाबजुत आयोजक टिम इलाम भने प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा दार्जिलिङका वाङदेन तामाङ भने ‘म्यान अफ दी म्याच’ चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यो प्रतियोगितामा १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली ‘सोमवार’ ए डिभिजन क्लब हिमालयन शेर्पा र नेप्लिज फुटबल एकेडेमीबीच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया