एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध

लोकपथ
105
Shares

काठमाडौं । एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूहले तीन जना नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्राण्ड एन्डोर्सरकोरूपमा सम्झौता गरेको छ । एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको हो ।

क्रिकेटरहरुसँगको यस सम्झौता हस्ताक्षर १८ असोजमा एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो ।

यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ । एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ । खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ ।

यसो गर्दा, नेपाली क्रिकेट जगत कै उत्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ । खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारी बाट झल्किएको छ ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माका अनुसार, ‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं । यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो । यसका साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?