काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट सहभागी हुने जुडो खेलाडीको टुंगो लागेको छ ।
समान ९–९ पुरुष÷महिला गरी १८ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषको ६० केजीमुनि ललितपुरका रोशन दोङ र काठमाडौंका सचिन वाइबा लामा, ६६ केजीमुनि रसुवाका सुनील नगरकोटी र नुवाकोट अश्विन पुलामी मगर, ७३ केजीमुनि नुवाकोटका सोनाम तामाङ र ललितपुरका सुमन श्रेष्ठ, ८१ केजीमुनि काठमाडौंका अजय खड्गी, ९० केजीमुनि ललितपुरका सञ्जय महर्जन तथा १०० केजीमुनि भक्तपुरका सुमितनारायण श्रेष्ठ रहेका छन् ।
यता महिला ४८ केजीमुनि ललितपुरकी रुक्साना खातुन र काठमाडौंकी सुनिता मगर, ५२ केजीमुनि रसुवाकी सर्मिला तामाङ र काठमाडौंकी अन्जु पाण्डे, ५७ केजीमुनि सिन्धुपाल्चोककी देवकीमाया श्रेष्ठ, ६३ केजीमुनि काठमाडौंकी सुजना मजुम्दार लामिछाने, ७० केजीमुनि रामेछापकी रञ्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिशा गोले तथा ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोले छन् ।
नयाँबजारस्थित खुशिबुँको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र ‘एमएमएसी’ मा भएको प्रतियोगितामा ४५ खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया