उपत्यकाव्यापी  खुल्ला कराँतेको उपाधि आकाशदीपलाई

काठमाडौं । आकाशदीपले उपत्यकाव्यापी खुल्ला कराँते प्रतियोगिताको उपाधि जितेको छ ।

४ स्वर्ण, ३ रजत र ८ कास्य पदककासाथ आकाशदीप टिम च्याम्पियन बनेको हो । 

नेपाल गोजुरियो कराँते डो संघ, शाखा डोजो स्वयम्भूको आयोजनामा स्वयम्भूमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ५ कास्य पदककासाथ इचङगु डोजो दोस्रो भयो । ४ स्वर्ण, १ रजत र ४ कास्य पदकका साथ आयोजक स्वयम्भूले तेस्रो भयो । 

पुरुषमा मानसिंह डोजोका मिनबहादुर तामाङ तथा महिलामा सिफल डोजोकी युभिन महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

त्यस अवसरमा कराँतेका रवि शाही, रुपेश श्रेष्ठ, सारदा सुनार, सन्देश लामा, रेश्मा तामाङ, अप्सरा लम्साल, बरुण लामा, कृतन महर्जन, आशिष कार्की, प्रकाश राई, सानुबाबु गिरी, रामकुमार श्रेष्ठ र बिआर मित्रलाई सम्मान गरिएको थियो ।

एकदिने प्रतियोगितामा १५ टिमका २ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?