बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले अग्ला डाँडाहरुबाट प्याराग्लाइडिङ उडानको लागि परीक्षण गरिरहेको छ ।
गाउँपालिकाको वडा नं ४ र २ को सिमानामा पर्ने मुलखोलाचौर र वडा नं ६ को म्हेदाम्सुबाट परीक्षण गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । सो गाउँपालिकाको मुलखोलाचौरबाट वडा नं ३ को नारायणटारस्थित खेतको फाँटमा अवतरण गरिएकामा सफल भएको अध्यक्ष तिमल्सिनाले बताए ।
उनले भने, ‘हामीले अहिलेको लागि गाउँपालिकाको कुन÷कुन ठाउँबाट प्याराग्लाइडिङ उडान गर्न सकिने रहेछ भनेर पोखराका प्याराग्लाइडिङ व्यवसायी बोलाएर परीक्षण गरेका हौँ ।’ उनले थपे, ‘परीक्षणमा मुलडाँडा र वडा नं ६ म्हेदाम्सुबाट रोसीखोलामा अवतरण गरी सफल परीक्षण सम्पन्न गरेका छौँ ।’
वडा नं ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले मुलडाँडाबाट आधा घण्टासम्म आकाशमा उडाएर नारायणटार खेतमा अवतरण गरिएको बताए । चार पाइलटले बेथानचोकको विभिन्न ठाउँमा परीक्षण उडानको लागि सम्भावित ठाउँको खोजी गर्दा दुई ठाउँ उपयुक्त भएको जनाएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए ।
परीक्षण सफल भएकाले अब त्यसलाई सम्बन्धित निकायमा व्यवसायिक रुपमा उडान अनुमति लिने प्रक्रियामा लाग्ने उनले बताए ।
सोही टोलीले यसअघि काभ्रेपलाञ्चोकको धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धबाट शंखको दाहालटारमा पनि परीक्षण उडान गरेको थियो । एक वर्ष अगाडि पनौति नगरपालिकाको गुर्दुमडाँडाबाट अनुमति लिएर उडान परीक्षण गरेको भए पनि त्यसलाई सम्बन्धित निकायबाट अुनमति लिएर व्यवसायिकता दिने काम भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया