कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन तोलामा ६० हजार ५ सयमा कारोबार भइरहेको छ । आइतवार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन ६० हजार २ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७ सय ४५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?