काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई खरिद गर्ने भएको छ ।
इन्भेष्टमेन्ट बैंकले यसअघि एस डेभलपमेन्ट बैंकलाई खरीद गरेको थियो। बैंकले प्राप्ती गर्ने सम्झौतासँगै दोस्रो बजारमा जेविल्स फाइनान्सको कारोबार सोमवार रोक्का भएको छ।
पूँजी वृद्धि भएसँगै जेविल्स फाइनान्सले शाखा विस्तार गर्न सकेको थिएन ।
शाखा विस्तारमा कठिनाइ भएको भन्दै जेविसको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५ सय रुपैयाँ रहेको छ। जेविल्सले हाल काठमाडौंको न्युरोडबाट मात्रै वित्तीय कारोबार गर्दै आइरहेको छ ।
फाइनानसले गत पुस मसान्तको वित्तीय विवरण अनुसार निक्षेप संकलन एक अर्ब ७ करोड रुपैयाँ गरेको थियो । त्यस्तै ऋण लगानी एक अर्ब तीस करोड रुपैयाँ रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया